माछापुच्छ्रे बैंकले गर्यो नायब प्रमुख कार्यकारी अधिकृत र नायब महाप्रबन्धकमा बढुवा
वि.सं.२०८१ असार ३१ सोमवार
काठमाडौं । माछापुच्छ्रे बैंकले प्रसिद्ध राज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा तथा सुभाष जमरकटेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
असार २७ गते बसेको संचालक समितिको बैंठकले साउन १ गतेबाट लागू हुनेगरी उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर गर्नुभएको अर्यालसंग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ्ग क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ । अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेतमा रही विभिन्न पदमा कार्य अनुभव रहेको छ ।
यसैगरी सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरु गर्नुृभएका सुभाष जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध रहनुभएको छ । जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिनुहुन्छ । वहाँले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डिया बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गर्नुभएको छ । यसबाहेक उहाँले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गर्नुभएको छ ।
प्रकाशित समय : ०९:५७ बजे




















