नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक
वि.सं.२०८१ असार २७ बिहीवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको आज आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कमा आधारित तथ्यांक सार्वजनिक गरेको हो ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१७ प्रतिशत रहेको छ । आयात १.८ प्रतिशत, निर्यात ३.० प्रतिशत र कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले घटेकोछ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.३ प्रतिशतले र अमेरिकी डलरमा १७.३ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.४२५ अर्ब ६७ करोडलेबचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति रु.१९६७ अर्ब १९ करोड र अमेरिकी डलरमा १४ अर्ब ७२ करोड रहेको छ । नेपाल सरकारको खर्च रु.११८१ अर्ब ३० करोड र राजस्व परिचालन रु.९१९ अर्ब १९ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ९.१ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.७ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.० प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.१ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.६ प्रतिशत रहेको छ ।
प्रकाशित समय : २३:३१ बजे





















