back

संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने

समस्या र समाधानको खोजी गर्ने

काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको विशेष समिति बैठकले बुधबार (भोलि) पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।सहकारीका पीडितहरूसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए । मंगलबारको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो ।

बुधबार पीडितहरूसँग छलफल गरी त्यहाँभित्रको समस्या समाधानका लागि थप तथ्यहरूको खोजी गर्ने काम हुने पनि समितिले जनाएको छ ।

सभापति थापाले भने, ‘भोलि हामीले पीडितका प्रतिनिधिहरूसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने योजना बनाएका छौं, २९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमुलक पीडितहरूलाई बोलाएका छौं, सबै पीडितहरू बोलाएर छलफल गर्न सम्भव हुन्न, हामीले विभिन्न संघर्ष समितिका रूपमा, व्यक्तिगत रूपमा अनेक हिसाबले सहकारीबाट पीडित रहेका पीडितहरुको कुरा सुन्ने कार्यक्रम बनाएका छौं ।’

विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरुसँग छलफल गरेको थियो । अब पीडितहरुसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायहरुको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

वि.सं.२०८३ असार ३० मंगलवार १७:३२

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच वटा...

कृषि आधुनिकीकरण कार्यक्रमबाट १६ लाख ७८ हजार घरधुरी लाभान्वित : निर्देशक श्रेष्ठ

कृषि आधुनिकीकरण कार्यक्रमबाट १६ लाख ७८ हजार घरधुरी लाभान्वित : निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार २५ बिहीवार १२:३७

काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १६...

कामधेनु सहकारीको नयाँ नीति : किसानलाई पशु कार्ड, बोनसदेखि सहुलियत कर्जासम्म

कामधेनु सहकारीको नयाँ नीति : किसानलाई पशु कार्ड, बोनसदेखि सहुलियत कर्जासम्म

वि.सं.२०८३ असार २२ सोमवार १०:३४

विराटनगर । दुग्ध उत्पादन वृद्धि, किसानको उत्पादन लागत घटाउने र...

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

वि.सं.२०८३ असार २१ आइतवार १५:०५

काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ...

कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल 

कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल 

वि.सं.२०८३ असार २१ आइतवार १४:३९

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सरकार गठन भएको...

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

वि.सं.२०८३ असार १७ बुधवार १७:५९

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु...