back

साउनदेखि नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुने, प्रतियुनिट कतिमा दिदै छ ?

पाँच वर्षका लागि विद्युत खरिद गर्ने निर्णय गरेको छ ।

nactional life

काठमाडौं । साउनदेखि नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्ने भएको छ । नेपाल सरकारले बंगलादेशमा विद्युत बिक्रीका लागि अन्तिम चरणको सम्झौताको तयारी गरेको छ भने बंगलादेश पनि अन्तिम तयारीमा पुगेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार साउन पहिलो साताभित्र बंगलादेशमा बिजुली निर्यात गर्ने कार्ययोजना अनुसार काम भइरहेको छ ।

मंगलबार बंगलादेशको मन्त्रिपरिषद् अन्तगर्तको सार्वजनिक खरिद सम्बन्धी समिति (सीसीजीपी) ले नेपालबाट ४० मेगावाट बिजुली खरिद प्रस्ताव स्वीकृत गरेको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् । यो खरिद प्रस्ताव त्यहाँको मन्त्रिपरिषद्ले अनुमोदन गर्न भने बाँकी छ ।

बंगलादेशका अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षता बसेको मन्त्रिपरिषद्को सार्वजनिक खरिद समितिले नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौताका आधारमा पाँच वर्षका लागि विद्युत खरिद गर्ने निर्णय गरेको छ ।

बंगलादेशले ट्रान्समिसन चार्जसहित प्रतियुनिट करिब ९ रुपैयाँमा विद्युत आयात प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको बताइएको छ ।

नेपाल–बंगलादेशबीच विद्युत व्यापारका विषयमा अहिलेसम्म भएका सबै समझदारीलाई अन्तिम र एकीकृत रूप दिन असार दोस्रो साता नेपालमा दुई देशका सचिवस्तरीय बैठक बस्ने तय भएको छ ।

बंगलादेशमा ४० मेगावाट बिजुली निर्यातका लागि भारत सरकारले सैद्धान्तिक सहमति जनाइसकेको छ भने यसबाहेक अन्य कार्यान्वयनकारी निकायहरूबीच विद्युत व्यापारको प्रारम्भिक मस्यौदामा पनि सहमति भइसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अघिल्लो भारत भ्रमणका क्रममा भारतीय संरचना प्रयोग गरी नेपालको ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने सहमति भएको थियो ।

गत वर्ष जेठ २ मा बंगलादेशमा सम्पन्न ऊर्जा सचिवस्तरीय निर्देशक समिति बैठकले नेपालमा उत्पादित ४० मेगावाट विद्युत बंलादेश निर्यातका लागि नेपाल विद्युत प्राधिकरण, भारतको एनटिपिसी विद्युत व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबिच बिक्री सम्झौता ९पावर सेल्स एग्रिमेन्ट० छिटोभन्दा छिटो गर्ने निर्णय गरेको थियो ।

नेपालको ४० मेगावाट बिजुली ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बहरमपुर–भेरामारा प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुनेछ ।

भारतीय प्रसारण लाइन प्रयोग गरेबापत भाडा शुल्क बंगलादेशले नै तिर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले बिजुली बिक्रीबापत मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउने छ ।

प्राधिकरणका अनुसार भारतको एनभीएनएनलाई तिर्ने शुल्क र करिब ३ प्रतिशत चुहावट बंगलादेशले नै बेहोर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।

दुई देशबीच यसअघि नै विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्ने भनिएको भए पनि दरमा कुरा नमिलेका कारण सम्झौता हुन सकेको थिएन ।

बंगलादेशको विद्युत् निर्यात गर्ने निर्णयपछि अब भने सम्झौताको बाटो खुला भएको छ । सम्झौताअघि बिजुलीको प्रतियुनिट दर, भारतको प्रसारण लाइन प्रयोग गरेबापतको ह्विलिङ चार्ज लगायतका विषयमा टुंगो लगाइने छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:१६

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ...

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४९

काठमाडौं । पर्यटन व्यवसायी तथा युवा उद्यमी लिलाबल्लभ दाहाल ले...

आगामी बजेटको पूर्वसन्ध्यामा व्यवसायीको गर्जन: ‘अनुदार नीति र क्रिमिनल माइन्डसेट अन्त्य गर, करको भार घटाउ’

आगामी बजेटको पूर्वसन्ध्यामा व्यवसायीको गर्जन: ‘अनुदार नीति र क्रिमिनल माइन्डसेट अन्त्य गर, करको भार घटाउ’

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:३१

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको पूर्वसन्ध्यामा...

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:३१

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष...

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:२९

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले सेकेन्ड...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३५

पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई...