back

गोल्छा समूहले भित्र्याउँदै छ चिनियाँ नयाँ ब्राण्ड ‘खाई–यी’

काठमाडौं । ईभीको बजारमा चिनियाँ ब्राण्डको प्रभूत्व दिनानुदिन बढ्दै गएको छ । अब थप एक ब्राण्डको गाडी नेपाल भित्रिने भएको छ ।

‘खाइ–यी’ (कैयि) ब्राण्डको ‘एक्स थ्री प्रो’ कार नेपाल भित्रिन लागेको हो । यो ब्राण्ड चिनियाँ गाडी उत्पादक कम्पनी चेरी इण्टरनेशनलको सहायक कम्पनी ‘खाइ–युन’ले उत्पादन गर्छ ।नेपालमा गोल्छा अर्गनाइजेशन अन्तरगतको जिओ अटोमोबाइल्स प्रालिले उक्त कार नेपाल ल्याउन लागेको हो ।

जिओले आउँदो डेढ महिनाभित्र उक्त कार नेपाल भित्र्याएर काठमाडौँको थापाथली स्थित शोरुमबाट बिक्री थालिसक्ने बताएको छ । कम्पनीले शोरुम, सर्भिसिङ सेन्टरलगायत संरचना निर्माण गर्ने तयारी सुरु गरिसकेको कम्पनीले जनाएको छ ।

सन् २०२२ को मोडल अनुसार यो गाडीको लेन्थ ४४०० एमएम, चौडाई १८३१ एमएम, उचाई १६५३ एमएम र ह्‍विलबेस २६३२ एमएम रहेको छ ।

गाडीमा ५३ किलोवाट क्षमताको लिथियम आयोन फोस्फेट ब्याट्री रहेको छ । १६४ हर्स पावर क्षमताको मोटर जडित यो कार एक पल्ट फुल चार्ज गरेपछि ४०० किमीसम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

गाडीको इन्टेरियर अत्यन्त आरामदायी रहेको कम्पनीको दाबी छ । पछाडीका सिटमा बस्नेहरुका लागि पर्याप्त ठाउँ, युएसबी पोर्ट, ११ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, ७ इन्च डिजिटल इन्स्ट्रुमेन्ट स्क्रिन, वायरलेस चार्जर, याम्बियन्ट लाइटिङ लगायतका फिचरहरु गाडीमा रहेका छन् । ३६० डिग्री क्यामेरा पनि हुने नै भयो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...