back

हिमालयन लाइफ इन्स्योरेन्सको सातै प्रदेशमा बार्षिकोत्सव कार्यक्रम सम्पन्न

nactional life

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६ औं बार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका बिद्यार्थीहरुलाई खाद्यान्य र स्टेशनरी सामाग्री वितरण गरेको छ ।कम्पनीले कोशी प्रदेश अन्तर्गत बिराटनगरमा पूर्वाञ्चल बाल सेवा आश्रमलाई स्टेशनरी तथा बिराटेश्वर बृद्धाआश्रमलाई निर्माण सामाग्री, बिर्तामोड स्थित नमस्ते बाल तथा बृद्धा आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र बृद्धबृद्धाहरुको लागि खाद्यान्य वितरण गरेको हो ।

कम्पनीले मधेश प्रदेश अन्तर्गत जनकपुर स्थित राम जानकी बृद्धाआश्रम, बर्दिबास स्थित भुवनेश्वरी बृद्धाआश्रम र बिरगंज स्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

यसैगरी बागमती प्रदेश अन्तर्गत अपाङ्ग पुनस्र्थापना केन्द्र गोकर्णमा खाद्यान्य वितरण, चितवन देवघाट स्थित रामजानकी आश्रममा शैक्षिक सामाग्री वितरण गरिएको छ भने गण्डकी प्रदेश अन्तर्गत बाग्लुङको मानव सेवा आश्रममा खाना खुवाउने, लमजुङ बेसिशहर स्थित लमजुङ बिद्यालयका ४० जना बिद्यार्थीहरुलाई स्टेशनरी वितरण, पोखरा स्थित वल्डएज होममा खाद्यान्य वितरण गरेको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत बुटवल स्थित अपाङ्ग आश्रममा खाद्यान्य वितरण, नेपालगंज, पाल्पा र घोराही स्थित निलसागर सेवा आश्रमका बृद्धाबृद्धालाई खाद्यान्य वितरण, कपिलबस्तु स्थित कैलाश आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ भने कर्णाली प्रदेशको सुर्खेत स्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै सुदुरपश्चिम प्रदेश अन्तर्गत टिकापुर स्थित साहारा घर, डडेल्धुरा स्थित उग्रतारा संस्कृत बिद्यालय, झलारी स्थित बिद्यालयमा र धनगढी स्थित परिवार वालगृहमा खाद्यान्य तथा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स स्थापना भएको मंगलवार १६ बर्ष पुरा हुदैछ । साविकको प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स बनेको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४५

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा...

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:२०

काठमाडौँ । नेपालको निर्जीवन बीमा व्यवसायमा चालु आर्थिक वर्षको १०...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाका १२ वटा...

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५३

काठमाडौं। एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं...

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५०

काठमाडौं। साना तथा मझौला कर्जा लगानी लाई प्रोत्साहन गर्ने उद्धेश्यले...