back

नोटमा नयाँ नक्सा राख्ने विवादले डा. नेपालको जिम्मेवारी खोसियो

मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालको जिम्मेवारी खोसिएको छ ।

एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध अभिव्यक्ति दिएपछि राष्ट्रपति कार्यालयले उनको जिम्मेवारी खोसेको हो ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले डा. नेपालले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिएकी छन् । नेपालले नोटमा नयाँ नक्सा राख्ने विषयमा गलत अभिव्यक्ति दिएका थिए । उनले सरकारको निर्णयविरूद्द तत्काल नयाँ नक्सा राख्न नहुने अभिव्यक्ति दिएका थिए । उनले भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राखिनु गलत भएको धारणा सार्वजनिक गरेका थिए ।

उनको सो अभिव्यक्तिपछि उनी विवादमा तानिएका छन् । राष्ट्रपतिको आर्थिक सल्लाहकारजस्तो व्यक्तिले सरकारको निर्णयविरूद्द बोलेपछि उनलाई राजीनामा दिन दबाब थियो । ठूलो दबाबका बीच उनले राजीनामा दिएका हुन् ।

उनले पदबाट राजीनामा दिए पनि उनको अभिव्यक्ति भित्रको रहस्यका विषयमा भने धेरैले चासो राखेका छन् । सरकारले नै गरेको निर्णयविरूद्द राष्ट्रपति कार्यालयका सल्लाहकार बोलेपछि उनलाई धेरैले सांकेतिक ढंगबाट ‘भारतीय दूत’का रूपमा चित्रण गर्न थालेका छन् ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपालको अभिव्यक्तिको विरोध गरेका थिए । उनले यो गम्भीर विषय रहेको बताउँदै यसबारे संसदमा पनि बहस हुने धारणा राखेका छन् ।

गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो । तर, यसको अहिले भारतले विरोध गरिरहेको छ ।

२०७७ साल जेठ ७ गते नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सा जारी भएसँगै नेपालभरि चुच्चे नक्सा प्रयोग भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले पनि नोटको साइज वा कुनै छाप परिवर्तन गर्दा सरकारको अनुमति लिनु पर्ने व्यवस्था छ ।

तर, नेपाल राष्ट्र बैंककै गभर्नर बनिसकेका डा. नेपाल सरकारको निर्णयविरूद्द अभिव्यक्ति दिएपछि चौतर्फी उनको आलोचना भइहरेको छ ।

चर्को आलोचना र दबाब आएपछि उनी पदबाट हट्न बाध्य भएका हुन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...