back

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

सर्लाही । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सर्लाही खण्डमा ९० प्रतिशत काम सकिएको आयोजनाको लालबन्दी कार्यालयका सूचना अधिकारी इन्जिनियर भुवनेश्वर यादवले जानकारी दिनुभयो । यस खण्डअन्तर्गत पूर्वमा बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म ३० किलोमिटर ट्र्याक निर्माणको काम भइरहेको हो ।

परियोजनाको जारी पहिलो चरणको कामअन्तर्गत रेल मार्गको ट्र्याकमा बेस हाल्नेसम्मको काम सम्पन्न हुने इन्जिनियर यादवले बताउनुभयो ।

चालु आर्थिक वर्षको अन्तिमसम्ममा ठेक्का अवधिसमेत सकिने भएकाले ठेकेदार कम्पनीले कामको रफ्तार बढाएको उहाँको भनाइ छ । यस खण्डको केही स्थानमा भने ट्र्याक निर्माणको कामसमेत बाँकी रहेको छ । सागरनाथ वन परियोजना र मूर्तिया वन कार्यालयले रूख कटान नगर्दा काम रोकिएको छ । हरिवन नगरपालिका–५ घुर्कौली क्षेत्रका केही किसानले अझै मुआब्जा लिन नमानेका कारण काम अगाडि बढ्न सकेको छैन् । किसानले जग्गाको मूल्याङ्कन बढाउन माग गर्दै काम गर्न अवरोध गरिरहँदा त्यस क्षेत्रमा कामको प्रगति शून्य छ ।

वन कार्यालयले समेत भर्खरै रूख कटानको ठेक्का लगाएको रेल्वे आयोजना कार्यालय लालबन्दीले जनाएको हो । ढिलो गरी रूख कटानको तयारी भएकाले समयमै काम सम्पन्न हुनेमा अझै शङ्का रहेको परियोजनाका सूचना अधिकारी यादवले बताउनुभयो । आयोजना ठेक्का लागेको छ वर्षमा मात्र ९० प्रतिशत हाराहारीमा काम सकिएको हो ।

यस योजनाको आर्थिक वर्ष २०७४/७५ मा ठेक्का लागेको थियो । लगत्तै ठेकेदार कम्पनीले निर्माण आरम्भ गरेको थियो ।

पछिल्लो समय बजेट अभावले समेत कामको गति सुस्त बनेको उहाँको भनाइ छ । ठेकेदार कम्पनीले काम सम्पन्न गरिसक्दासमेत भुक्तानी पाउन बाँकी रहेको आयोजना कार्यालय लालबन्दीले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस

लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस

वि.सं.२०८३ असार ३० मंगलवार १३:५२

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...