back

हुन्डाईको एसेम्बलिङ प्लान्टको औपचारिक उद्घाटन: नेपालमै गाडी उत्पादन सुरु

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै हुन्डाईको एसेम्बल प्लान्ट संचालनमा ल्याएको छ ।

विश्व प्रसिद्ध कोरियाली अटो निर्मााता कम्पनीले नेपालमै हुन्डाई ब्रान्डका गाडी नेपालमै एसेम्बल सुरु गरेको हो ।

शुक्रबार प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले हुन्डाईको एसेम्बलिङ प्लान्टको औपचारिक उद्घाटन गरिएको छ ।

नवलपरासी स्थित हुन्डाइको उक्त एसेम्बलिङ प्रधान्मन्त्री प्रचण्ड र हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रबन्धक निर्देशक उनसू किमले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–६ मा १५ बिघामा एसेम्ब्लिङ प्लान्ट बनाइएको छ । हुन्डाई दक्षिण कोरियाको बहुर्राष्ट्रिय गाडी उत्पादक कम्पनी हो ।

नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डको चारपांग्रे गाडी एसेम्बल गर्ने यो पहिलो कारखाना समेत भएको छ ।

कम्पनीले ६ महिनादेखि नै उक्त प्लान्टबाट हुन्डाईको कम्प्याक्ट एसयूभी भेन्यू गाडीको परीक्षण उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएसँगै भेन्यूको व्यावसायिक उत्पादन पनि थालिएको कम्पनीले जनाएको छ ।

उक्त प्लान्टको वार्षिक गाडी उत्पादन क्षमता ५ हजार ४०० थान छ । कारखाना निर्माणमा कर्पोसनले ५ अर्ब बढी लगानी गरेकोछ ।

सरकारले पनि बजेट मार्फत नै एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने र करमा सहुलियत दिने नीति ल्याएको छ ।

अहिले एसेम्बलको लागि ल्याइने सिकेडी किट आयात गर्दा भन्सारमा २५ प्रतिशत र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने ब्यवस्था गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...