back

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हस्तकला व्यवसायले आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

नेपाल हस्तकला महासंघले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले पूँजी र प्रविधिको उपयोग गरी सञ्चालन गर्न सकिने हस्तकला ठूलो सम्भावना बोकेको क्षेत्र पनि भएकाले यसले आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो ।

हस्तकला क्षेत्र उद्योग व्यापार मात्र नभइ यो देशको संस्कृति र सम्पदाको प्रतिबिम्ब पनि भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रले रोजगारी सिर्जनामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

मन्त्री भण्डारीले, “हस्तकला क्षेत्रको दीर्घकालिन विकासका लागि नेपाल हस्तकला महासंघले तयार गरी मन्त्रालयमा बुझाएको हस्तकला विकास नीतिको पनि सुुक्ष्म अध्ययन गरी हामी त्यसलाई कार्यान्वयनमा ल्याउने तयारीमा छौं ।” 

उहाँले हस्तकलाको वस्तु तथा डिजाइन विकास, गुणस्तर प्रमाणिकरण, बजार विकास र व्यवसाय विकास जस्ता सेवा एकिकृत रुपमा व्यवसायीहरुलाई उपलब्ध गराउन सार्क हस्तकला विकास केन्द्र नेपाल सार्वजनिक निजी साझेदारी मोडलमा स्थापना गर्न मन्त्रालय क्रियाशिल रहेको जानकारी गराउनुभयो ।

त्रिपुरेश्वरमा सार्क हस्तकला विकास केन्द्रको भवन तयार भइसकेको जानकारी गराउँदै उहाँले अब जति सक्दो चाँडो सोही भवनबाट हस्तकला विकास केन्द्र सञ्चालन गर्ने गरी कार्यविधि सरकारले स्वीकृत गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । 

मन्त्री भण्डारीले उद्योग व्यवसायको समुचित प्रवद्र्धनका लागि उद्योग मन्त्रालयबाट तर्जुमा गरिएको नेपाल व्यापार एकिकृत रणनीतिले समेटेका हस्तकला वस्तुको प्रवद्र्धनमा मन्त्रालयले कुनै कसर बाँकी नराखी प्रवद्र्धनात्मक कार्य अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...