back

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

nactional life

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी०)का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे । उक्त संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ ।

अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो ।

पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

सम्झौताअनुसार चीनले वीपी कोइराला मेमोरियल क्यान्स अस्पतालमा बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा छ ।

कार्यक्रममा अर्थमन्त्री पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा चीनलाई धन्यवाद दिए । नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पुनले एकअर्काका आकांक्षा एवं संवेदनशीलतालाई सम्मान गर्दै इमान्दारिताका साथ आपसी सहयोग र मित्रता अगाडि बढाउँदै आएको उल्लेख गरे ।

उनले राष्ट्रपति सी जिन फिङले ५ वर्षअघि गरेको नेपाल भ्रमण तथा आफ्ना प्रधानमन्त्री पुष्पकमल दाहाल प्राचण्डको गत असोजमा गरेको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाईमा पु¥याएको बताए । उनले ती दुवै उच्चस्तरीय भ्रममणमा भएका द्विपक्षीय सम्झौतामध्ये कार्यान्यवन हुन बाँकी भएकाहरुको कार्यान्वयनमा जोड दिए ।

चीनले पछिल्लो समय हासिल गरेको विकास लोभलाग्दो र प्रशंसनीय रहेको र नेपालमा पनि विकासको सोही गति समाउन चाहेको उनको भनाइ थियो । विश्वमै वैदेशिक लगानी गर्ने मुलुकमा चीन अग्रस्थानमा रहेको र नेपालमा पनि लगानी आउन थालेको भन्दै उनले आगामी दिनमा सहायता र लगानी बढाउन आग्रह गरे । चीनले नेपालप्रति राखेको विश्वाको सधैं कदर गर्ने मन्त्री पुनले बताए ।

चिनियाँ प्रतिनिमिण्डलको नेतृत्व गरेका लियु झाओ हुईले नेपवाल चीनको असल मित्र रहेको भन्दै नेपालको विकासमा सधैं साथ रहेको बताए ।

राष्ट्रपति सी को नेपाल भ्रमण र प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएका सहमतिका प्रत्येक विषय एकएक गर्दै पालना गर्दै जाने प्रतिबद्धता उनले जनाए ।

उनले आफूहरु तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको सिलसिलामा नेपाल आएको प्रंग उल्लेख गर्दै नेपालमा चिनियाँ लगानी आउने बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक सर्वेक्षण: प्रतिव्यक्ति आय १,५३५ डलर पुग्दा २८ खर्ब ७८ अर्बको ऋणभार

आर्थिक सर्वेक्षण: प्रतिव्यक्ति आय १,५३५ डलर पुग्दा २८ खर्ब ७८ अर्बको ऋणभार

वि.सं.२०८३ जेठ १३ बुधवार १७:३८

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा चालू आर्थिक वर्ष...

आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण

आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण

वि.सं.२०८३ जेठ १३ बुधवार १६:०८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको...

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४९

काठमाडौं । पर्यटन व्यवसायी तथा युवा उद्यमी लिलाबल्लभ दाहाल ले...

आगामी बजेटको पूर्वसन्ध्यामा व्यवसायीको गर्जन: ‘अनुदार नीति र क्रिमिनल माइन्डसेट अन्त्य गर, करको भार घटाउ’

आगामी बजेटको पूर्वसन्ध्यामा व्यवसायीको गर्जन: ‘अनुदार नीति र क्रिमिनल माइन्डसेट अन्त्य गर, करको भार घटाउ’

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:३१

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको पूर्वसन्ध्यामा...

निजी क्षेत्रमाथि नियन्त्रण बढाउँदा अर्थतन्त्र संकटमा पर्छ : अर्थविद गोपीलाल न्यौपाने

निजी क्षेत्रमाथि नियन्त्रण बढाउँदा अर्थतन्त्र संकटमा पर्छ : अर्थविद गोपीलाल न्यौपाने

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३०

काठमाडौं । अर्थविद् डा. गोपीलाल न्यौपानेले वर्तमान सरकार तथा काठमाडौं...

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३...