back

फोनपे पेमेन्ट सर्भिस लिमिटेडद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ ।

डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्र्तगत यस संस्थाले नेपालमा पहिलो पटक पुर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संगको सहकार्यमा सुरुवात गरेको जनाएको छ ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई Fonepay Card Scheme  अन्तर्गत रहि पूर्णरुपको डिजिटल क्रेडिट कार्ड Fonepay Virtual Credit Card आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत उपलब्ध गराउन सक्नेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ ।

सिटिजन्स बैंकका ग्राहकहरुले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत लिन सक्नुहुने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै Domestic Card Scheme परियोजना अन्तर्गत नेपाल राष्ट्र बैंकबाट यस संस्थालाई प्राप्त अनुमति बमोजिम Fonepay Credit Card Scheme सञ्चालनमा ल्याउन लागिएको हो ।

यस फोनपे क्रेडिट कार्डले नेपालको कार्ड भुक्तानी उद्योगलाई पुनः परिभाषित गर्ने विश्वास फोनपेले लिएको छ । उक्त क्रेडिट कार्ड पुर्णरुपमा डिजिटल अनबोर्डिङ्ग (Onboarding) र जारी (Issuance) हुने तथा हाल Fonepay QR मा आबद्ध करिब १४ लाख व्यावसायीहरुको स्थानहरुमा निर्बाद रुपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।

फोनपेका सीईओ दिवस कुमारले भने, “हामीले नेपालमा भुक्तनीको नयाँ उपकरणको रूपमा Fonepay Card Scheme प्रस्तुत गर्न पाउँदा उत्साहित छौं ।

यसको सजिलो पहुँच र बलियो सुरक्षा सुविधाहरूको साथ, यो सेवाद्वारा ग्राहकहरूले आफ्नो वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकालाई पुनः परिभाषित गर्ने विश्वास लिएका छौं ।”

कुमारले अन्त्यमा भने, “फोनपेको तर्फबाट नेपालको आफ्नै Domestic Card Scheme सुचारु गर्न अनुमति प्रदान गरि आवश्यक निर्देशन दिई सहयोग तथा दिशानिर्देश गरिदिने नियामक निकाय नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।

साथै, आफ्ना ग्राहकहरुलाई अत्याधुनिक सुविधा उपलब्ध गराउन यस Fonepay Card Scheme अन्र्तगतको नेपालको पहिलो Virtual  क्रेडिट कार्ड जारी गर्ने सिटिजन्स बैंकलाई बधाई दिन चाहन्छौं ।”


बीमाको तथ्यांक: मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

बीमाको तथ्यांक: मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

वि.सं.२०८१ जेठ २ बुधवार ११:४१

वीरगञ्ज । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको...

२१ करोड दस्तुर तिरेर टेलिकमले पायो ५ वर्षको मोबाइल लाइसेन्स

२१ करोड दस्तुर तिरेर टेलिकमले पायो ५ वर्षको मोबाइल लाइसेन्स

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:५३

काठमाडौं । नेपाल टेलिकमलाई मोबाइल सेवाको नयाँ अनुमतिपत्र (लाइसेन्स) दिने...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:३७

सर्लाही । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल...

पूँजी बृद्धि र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छाबीच सम्झौता

पूँजी बृद्धि र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छाबीच सम्झौता

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छा, सिमरा बीच पूँजी...

महासंघका अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

महासंघका अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:०७

काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका...

समृद्धि फाइनान्सद्धारा विपन्न वर्गका विद्यार्थिलाई स्टेशनरी वितरण

समृद्धि फाइनान्सद्धारा विपन्न वर्गका विद्यार्थिलाई स्टेशनरी वितरण

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

काठमाडौं । समृद्धि फाइनान्सले वनेपा शाखा र मधुवन शाखाबाट विपन्न...