back

ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड नाफा कमायो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २४.१३ प्रतिशतले कम हो ।

गत वर्षको यसैअवधिमा बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा बैंकको सञ्चालन नाफा २२.२८ प्रतिशतले घटेर ४ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष बैंकले ६ अर्ब ६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशतले बढेर १३ अर्ब २ करोड पुगेको छ । गत वर्ष यसले ११ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खराब कर्जा ०.७८ प्रतिशतले बढेर ४.७४ प्रतिशत पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा यस बैंकको वितरणयोग्य नाफा ४२ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ ।

प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८८ पैसाले घटेर १२ रुपैयाँ २ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १६०.९२ रुपैयाँ छ ।

३६ अर्ब १२ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २२ अर्ब ४३ करोड १७ लाख रुपैयाँ सञ्चित छ ।

यो अवधिमा ४ खर्ब ५९ अर्ब ७७ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ६६ अर्ब ६० करोड २१ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...