back

वाणिज्य बैंकहरुको नाफा ४२ अर्ब ३० करोड, सबैभन्दा धेरै कमाउनेमा नबिल बैंक, अन्य कुनको बैंकको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना अर्थात, फागुनसम्म वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकहरुले उक्त रकम बराबरको आम्दानी गरेका हुन् । गत वर्षको सोही अवधिमा यिनीहरुले ४८ अर्ब ८३ करोड नाफा कमाएका थिए । गत वर्षको तुलनामा यो १३ प्रतिशतले कम हो ।

नाफा आर्जन गर्न पहिलो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले फागुन ससान्तसम्ममा ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । कम्पनीले ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

त्यस्तै, प्राईम बैंकले २ अर्ब ८८ करोड ७८ लाख रुपैयाँ , राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ, नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८० करोड ४५ लाख रुपैयाँ, एनआइसी एशिया बैंकले २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब २९ करोड ३४ लाख रुपैयाँ र स्टान्डर्ड चार्टड बैंकले २ अर्ब ८ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

साथै, कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ, लक्ष्मी बैंकले १ अर्ब ८२ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

प्रभु बैंकले १ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ, नेपाल बैंकले १ अर्ब २८ करोड २९ लाख रुपैयाँ, सिटिजन बैंकले १ अर्ब २२ करोड ६५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड ४८ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ८ लाख रुपैंया नाफा आर्जन गरेका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

वि.सं.२०८३ जेठ ७ बिहीवार १४:०६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ मा बागमती प्रदेशको आर्थिक...

नेपालको भविष्य केवल देशको सीमाभित्र मात्र सिमित राख्नु हुँदैन् : डा.ढकाल

नेपालको भविष्य केवल देशको सीमाभित्र मात्र सिमित राख्नु हुँदैन् : डा.ढकाल

वि.सं.२०८३ जेठ ७ बिहीवार १४:०४

काठमाडौं । नेपालले अब रेमिटेन्स–केन्द्रित डायस्पोरा संलग्नताभन्दा अघि बढेर विश्वभर...

समस्याग्रस्त सहकारीका ३०४ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारीका ३०४ जना बचतकर्ताको रकम फिर्ता

वि.सं.२०८३ जेठ ७ बिहीवार १३:५५

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको...

आइसिसी विश्व कप लिग २ : कुशलको शतकमा अमेरिकामाथि नेपालको सानदार जित

आइसिसी विश्व कप लिग २ : कुशलको शतकमा अमेरिकामाथि नेपालको सानदार जित

वि.सं.२०८३ जेठ २ शनिवार १८:३१

काठमाडौं । आइसिसी विश्व कप लिग २ मा नेपालले अमेरिकालाई...

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१६

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एशोसिएशनले प्राइभेट इक्विटी तथा भेन्चर...