सुनको मूल्य हालसम्मकै उच्च
वि.सं.२०८० फागुन २२ मंगलवार
काठमाडौं । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ ।
जुन मूल्य अहिलेसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यसयता मूल्य केही घटेर फागुन ३ गते १ लाख १६ हजार ५ सय रुपैयाँमा झरेको थियो । फागुन ३ गतेबाट भने मूल्य उकालो लागेको हो ।
प्रकाशित समय : ११:३५ बजे






















