back
himalayan life

३२ वर्षदेखि होटल सञ्चालन गरिरहेको ल्याण्डमार्क होटल एण्ड रिसोर्टले सञ्चालन गर्यो भैरहवामा चार तारे होटल

भैरहवा । नेपालको पर्यटन क्षेत्रमा ३२ वर्षदेखि होटल सञ्चालन गरिरहेको ल्याण्डमार्क होटल एण्ड रिसोर्टले भैरहवामा नयाँ होटल सञ्चालनमा ल्याएको छ ।

एक महिना अघिदेखि नै सफ्ट लञ्च भएर सञ्चालनमा आएको भए पनि शनिबार होटलको ग्रान्ड ओपनिङ भएको छ । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले उद्घाटन गरे ।

भारतीय पर्यटक नेपाल भित्रिने मुख्य नाका बेलहिया नाकाबाट जम्मा तीन किलमोटरको दूरीमा रहेको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा रहेको सिंगापुर कोलनीमा करिब डेढ विगाहा जग्गामा चार तारे होटल ल्याण्डमार्क भैरहवा निर्माण भएको छ ।

अहिले प्रारम्भिक चरणमा एक जनाले फुल टाइम रोजगारी पाएका छन । होटलको निर्माण पाँच वर्ष लगाएर भएको छ ।

प्रमुख कार्यकारी अधिकृत पाण्डेले उद्घाटनपछिको पत्रकार सम्मेलनमा होटललाई भारतीयहरूको वेडिङल डेस्टिनेशनको रूपमा विकास गरेर लैजान खोजिएको बताए ।

उनले अहिले भारतीय नागरिकले प्रतिव्यक्ति पाँच हजार डलरसम्म नेपालमा खर्च गर्न सक्नेगरी भारतीय कानुनमा व्यवस्था भएकाले एकै परिवारका सदस्य चार जनाले २० हजार डलरसम्म खर्च गर्न सक्ने भएकाले वेडिङ पार्टीहरू सञ्चालनको हव बनाउन सकिने सम्भावना रहेको बताए।

पाण्डेले यस्तो आर्थिक मन्दीको समयमा समेत नयाँ होटल सञ्चालन गरेर नेयाली युवाका लागि नेपालमै रोजगारी सिर्जना गर्न चाहेको बताए । उनले आफ्नो परिवारका चार जना छोराहरू समेत विदेशमा पढेर स्वदेशमा फर्किएर पर्यटन क्षेत्रमै काम गरिरहेको बताए । पाण्डेले निकट भविष्यमा बर्दिया, चितवनको लेबुवाघाट लगायतको ठाउँमा पनि होटल खोल्न सम्भाव्यता अध्ययनको काम भैरहेको जानकारी दिए ।

ल्याण्डमार्कको सबै कोठा र शौचालयमा सूर्यको प्रकाश छिर्नेगरी होटलको डिजाइन गरिएको छ । होटलमा एक जना क्षमताको स्काइ बार  रहेको छ । पाण्डेले पाँच वर्षअघिसम्म पनि नेपालको पर्यटन क्षेत्र भनेको विदेशी बस्नुपर्छ र उनीहरूले खानुपर्छ भन्ने सोचको भए पनि विस्तारै आन्तरिक पर्यटन प्रवर्द्धनले त्यस्तो भास्यको अन्त्य हुँदै गएको बताए ।

पाण्डेले ल्याण्डमार्कले रैथानो फुडहरूको प्रवर्द्धन गर्ने, हराइरहेका नेपाली फुडको सम्वर्द्धन र प्रवर्द्धन गर्दै अघि बढ्ने बताए । उनले कोभिडका कारण सबैभन्दा पीडित बनेको पर्यटन क्षेत्र विस्तारै माथि उठ्ने क्रममा रहेको बताए । उनले संसारमा कोभिडसँगसँगै व्यपार गर्नुपर्छ भन्ने मान्यता विकास हुँदा नेपालमा पनि केही सहज भएको बताए ।

त्यस्तै ल्याण्डमार्कका सञ्चालक आशा गुरूङले कोठाहरूको डिजाइन धेरै राम्रो रहेको र निर्माणमा जर्मन प्रविधिको प्रयोग गरिएको बताए । उनले ६ महिनाभित्र १० हजारस्क्वारफिटको हल निर्माण गरिने जानकारी समेत दिए । गुरूङले उक्त हल भैरहवाको सबैभन्दा ठूलो हुने पनि दाबी गरे । हलमा हुने कार्यक्रममा विदेशीलाई भन्दा स्थानीयलाई ५० प्रतिशत छुट दिने बताए ।

ल्याण्डमार्क होटलमा प्रबन्ध निर्देशक ओमप्रकाश पाण्डेले आर्थिक मन्दीको समय भनेर कामै नगरी बस्दा झन शून्यताको अवस्था हुने भएकाले यो आर्थिक संकटको समयमा पनि चुनौति सामना गर्न तयार भएर नयाँ होटल सञ्चालनमा ल्याएको बताए । उनले निराशाकै बीचमा पनि आशाको किरण छर्ने काम निजी क्षेत्रको भएकले आफूहरूले यस्तो जोखिम उठाएको बताए।

प्रबन्ध निर्देशक पाण्डेले भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल पूर्ण रूपमा सञ्चालन नभए पनि भविष्यमा सञ्चालन हुने र त्यसले पर्यटन क्षेत्रमा कोशेढुंगा बनाउने बताए । ८० प्रतिशत भारतीय पर्यटक बेलहिया नाका मार्फत नै नेपाल भित्रने गरेको तथ्य प्रस्तुत गर्दै ल्याण्डमार्क त्यस्ता पर्यटकका लागि पहिलो रोजाइमा पर्ने बताए ।

प्रारम्भमा होटलले डिलक्स, सुपर डिलक्स, फेमिली र जुनियर स्वीट गरी ५० कोठासहितको सेवा सुरू गरेको छ । होटलमा आउने पाहुनाका लागि भैरहवा विमानस्थलसम्म र बेलहिया नाकाबाट आउने र जाने यातायातको सुविधा समेत उपलब्ध गराएको होटल व्यवस्थापनले जनाएको छ । होटलका कतिपय कोठाबाट रिभरभ्यू समेत देख्न सकिने छ ।

केही कोठामा सूर्योदयको पहिलो किरण बेडमा पुग्नेगरी होटलको निर्माण भएको छ । होटलमा  कोटियार्ड लाउञ्ज, स्वीमिङ पुल, रूफटप बार पनि रहेको छ ।  ल्याण्डमार्क भैरहवा विश्व सम्पदा क्षेत्र लुम्बिनीको भ्रमण गर्ने पर्यटक, व्यवसाय वृद्धिका लागि हुने कार्यक्रमहरू, सामाजिक जमघट, विवाह लगायतकाको कार्यक्रमका लागि प्रमुख गन्तव्य बन्ने विश्वास लिएको प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।

पाण्डेले ल्याण्डमार्कले सेवाको गुणस्तरमा कहिल्यै कुनै सम्झौता नगर्ने र एकमात्र उद्देश्य पाहुनाहरूका लागि उत्कृष्ट सेवा दिने रहेको बताए ।

उनले पर्यटकको रूची पूरा गर्न जुनसुकै समयमा पनि ल्याण्डमार्क भैरहवा, चितवन, काठमाडौँ र पोखरा प्रतिवद्ध रहेको भन्दै ल्याण्डमार्क भैरहवामा एक पटक सेवा उपभोग गरी आफ्नो अनुभव सेयर गरिदिन अपिल समेत गरेका छन ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

वि.सं.२०८३ असार ३ बुधवार १८:३५

काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण...

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२१

काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने...

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:४९

पोखरा । गण्डकी प्रदेशको राजधानी एवं मुलुकको प्रमुख पर्यटकीय राजधानी...

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३९

इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला...

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

वि.सं.२०८३ जेठ २० बुधवार १०:३४

इलाम । पूर्वी पहाडकी रानी मानिने इलामले आगामी जेठ तेस्रो...

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२४

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक गति लिएको छ...