प्रकाशित समाचारप्रति एन आई सी एशिया बैंकको गम्भीर ध्यानाकर्षण
वि.सं.२०८० फागुन १ मंगलवार
काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात गर्दै उत्तरदायी बैंकिङ्गको अभ्यासगरिरहेको यस एन आई सी एशिया बैंकका बारेमा केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरू प्रति बैंकले गम्भीरध्यानाकर्षण भएको छ ।
हाल केही सञ्चार माध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमाबैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयहरूमा प्रकाशित भ्रामकसमाचारहरूप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशनको Capital Adequacy Framework 2015मा उल्लेखित Risk Weight Classification च्ष्कसम्बन्धी व्यवस्थाहरू मध्ये Claims Secured by Residential Propertiesभित्र कस्ता कस्ता कर्जाहरू पर्नेभन्ने सम्बन्धमा हाल मुलुकका अन्य वाणिज्य बैंकहरूले अपनाएका अभ्यास समेतलाई मध्यनजर गर्दै बैंकले यस सम्बन्धमा आफ्नोबुझाई अनुरुप वर्गीकरण गरी सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष Reportingच्गरेकोमा यस सम्बन्धमा केही सञ्चार माध्यमहरूमाविभिन्न विषयहरू उठे पश्चात् बैंकले नेपाल राष्ट्र बैंक समक्ष उक्त विषयका सम्बन्धमा नियामकीय मार्गदर्शनको लागि अनुरोध गरेबमोजिम नेपाल राष्ट्र बैंकबाट प्राप्त मार्गदर्शनको आधारमा Claims Secured by Residential Properties सम्बन्धमा बैंककोबुझाईलाई अद्यावधिक गरी सोही बमोजिम नेपाल राष्ट्र बैंकलाई Reportingगरिसकिएको जानकारी गराएको छ ।
यस विषय वाहेक बैंकले Real Estate Sector मा नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचारसत्य, तथ्यमा आधारित नरहेको प्रस्ट पार्दै Real Estate Sector मा बैंकले आफ्नोे कुल कर्जाको २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्नसक्नेमा यस बैंकले २०८० पौष मसान्तसम्ममा १०.१४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको व्यहोरा समेत सम्बन्धित सबैलाई प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
प्रकाशित समय : १४:५६ बजे






















