back
nactional

एटीएम कार्ड छुट्यो ? नो टेन्सन ! कार्ड बिना पनि निस्किन्छ पैसा

काठमाडौं अचेल शहरी क्षेत्रमा जताततै क्यूआर भुक्तानी हुने भएकाले धेरै मानिसहरुले पर्सलाई बाक्लो बनाएर एटीएम कार्ड बोक्नैछाडिसके

कहिले स्क्र्याच हुने कहिले कार्ड हराउने समस्या यसै पनि भइ नै हाल्यो

कतिपय मानिसहरुलाई कामको सिलसिलामा होस् वा व्यक्तिगत पारिवारिक कारणले पनि कुन बेला कहाँ पुग्नु पर्छ भन्ने निश्चय नैहुँदैन यस्तो अवस्थामा एटीएम कार्ड छुट्ने संभावना पनि रहन्छ जागिर फेरिरहने मानिसहरुको पीडा फेरि बेग्लै उनीहरुको अफिसफेरिएसँगै बैंक खाता पनि फेरिन्छ फरक फरक अफिसले फरक फरक बैंकमातलव खातासञ्चालन गर्छन् जसले गर्दा एटीएमकार्डकोभारीनै बोक्नुपर्ने हुनाले पनि असहजता भइरहेको हुन्छ

कसैकसैले एटीएम कार्डको अतिरिक्त शुल्क बचाउन पनि कार्ड लिएकै हुँदैनन् यस्ता कयौं समस्याहरुबाट गुज्रिनुपर्ने दिन अब गए बैंकहरुले मोबाइल बैंकिङमार्फत् अब कार्ड बीना नै एटीएम बूथबाट पैसा निकाल्न सकिने व्यवस्था गरिसकेका छन्

व्यवसायको आकार प्रविधिको तादात्म्य मिलाउन नेपाली बजारमै अग्रणी देखिएको नबिल बैंकले यस्तै खाले सुविधा दिइरहेको

बैंकको मोबाइल एपएन बैंकमा गएर कार्ड बिनानै एटीएमबाट पैसा निकाल्न मिल्छ यसका लागि एप खोलेरमोबाइल क्यासअप्सनमा जानुपर्छ त्यसमा प्रवेश गरिसकेपछि कति पैसा निकाल्न चाहेको हो, त्यो अंक थिच्नुपर्छ त्यसपछि ग्राहकको मोबाइलमाओटीपी (वान टाइम पासवर्ड) आउँछ

त्यसपछि एटीएम बूथमाकार्डलेस विथड्रलभनिएकोकीथिच्नुपर्छ त्यो अप्सनमा गएर मोबाइलमा आएको ओटीपी थिचिसकेपछिएटीएमले पैसा दिन्छ

अब पहिलेजस्तो एटीएम कार्ड नै छिराएर, पिन नम्बर डायल गरेरमात्रै पैसा निकाल्नुपर्ने बाध्यता हटेको यस्तो कार्डलेस बैंकिङलेग्राहकलाई पनि असाध्यै सजिलो भएको

काठमाडौंको मनमैजु बस्ने सुनिता बस्नेत यो सुविधाबाट आफूले निकै ठूलो राहत पाएको बताउँछिन् मसँग थुप्रै बैंकको कार्ड थियो छुट्टाछुट्टै कार्डको पिन नम्बर पनि बेग्लै बेग्लै भयो तर पिन हान्दा बिर्सिएर एउटा बैंकको कार्डमा अर्कोको पिन हानिने रहेछउनलेसुनाइन्, ‘तीन पल्ट पीन हानेपछि ब्लक हुन्थो बैंकको शाखामै पुगेर फारम भरेर खोल्नुपर्ने झण्झट थियो

उनले कत्ति पल्टसम्म यस्तो दुःख पाएको सुनाइन् पहिले पहिले केही बैंकहरुले पीनरिसेटगरेको पनि पैसा काटिदिन्थे दुःख पनि घाटा पनि त्योभन्दा ठूलो समस्या आवस्यक परेको बेलामा पैसा निकाल्न नपाएर ज्यादै अप्ठेरो भोगेको उनीसँग तीतो विगत

एक पल्ट अस्पतालमा आमालाई टोकनको लाइनमा राखेर एटीएम गएको, त्यसै गरी पीन नमिलेर ब्लक भयो’, उनले भनिन्, ‘बल्लतल्लसाथिलाई बोलाएर पैसा मगाएँ त्यो साथि नभेटिएको थियो अथवा उसले पैसा नदिएको थियो भने विरामी आमालाई नजँचाई घरफर्किनु पर्ने बाध्यता हुनसक्थ्यो

अहिले सीतापाइला बस्ने धादिङका हरि अधिकारीले चाहीँ यस्तै समस्या भोग्नुपर्ला भनेर आफूसँग भएका सबै एटीएमको पीन नम्बर एउटैराखे तर केही समयअघि उनी अकस्मात् धादिङ बेशी जानु पर्ने भयो उनी धादिङ पुगेर कार्डबाट पैसा झिक्न गए तर ठ्याक्कै त्यहीबेला एटीएम कार्डको म्याद सकिएको रहेछ उनलाई त्यसको होसै थिएन

अधिकारी तनावमा परे उनले एटीएम बुथको सुरक्षा गार्डलाई गुनासो गरे सुरक्षा गार्डलेएन बैंकको एपबाट पैसा निकाल्न मिल्नेजानकारी दिएपछि उनले त्यही गरे एटीएमबाट पैसा झर्दाबित्तिकै उनको तनावको पहाड पनि त्यहीँ ढलिहाल्यो उनी फुरुङ्ग भए

उनले पनि कार्ड चलाउँदा सजिलोमात्रै भोगेका थिएनन् वर्ष अघि अर्को एउटा बैंकको कार्ड उनीसँग थियो

तिहारको बेला घर जानलाई खर्च निकाल्न भनेर उनले नगद झिक्न एटीएममा कार्ड घुसाए खातामा कति पैसा भनेर हेरेरमात्रै नगदनिकाल्ने योजनामा उनले कार्ड घुसाए तर पैसा जाँचेपछि कार्ड मेसिनबाट बाहिरै आएन उनले भोलिपल्टमात्रै कार्ड हात पार्न सके यही कारण उनी घर पुग्न एक दिन ढिला भयो

यो कार्डलेस सीस्टमले साह्रै सजिलो हुने रहेछ थुप्रै तनाव हट्ने रहेछउनी भन्छन् तर नेपालमा नबिलमात्रै होइन, अरु केहीबैंकहरुले पनि यस्तोकार्डलेसफिचर ल्याइसकेका छन् तर यस्तो प्रणालीको धेरै मानिसले अझै पनि उपयोग गरिसकेका छैनन्

पछिलो समय नेपाली वित्तीय प्रणालीको डिजिटलाइजेशन ह्वात्तै अघि बढेको नयाँ सहज तौरतरिकाहरु विकास भइएका छन्

अब बैंकका ग्राहकहरुले यस्ता प्रविधिको उपयोगलाई बढाउनु पर्ने नबिल बैंकका डिजिटल बैंकिङ प्रमुख परमेश्वर श्रेष्ठ बताउँछन्

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

वि.सं.२०८३ भदौ ३ बुधवार १३:११

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरामा...

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०९

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको...

गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे

गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०६

काठमाडौं । गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट

वि.सं.२०८३ भदौ २ मंगलवार १८:३१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ २ मंगलवार १६:३९

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३ अर्ब...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट...