back

२० करोडको आइपीओ निष्कासन गर्दै सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

सो प्रयोजनका लागि आइतबार सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष सतिश न्यौपाने र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादी खोला हाईड्रोपावर प्रोजेक्टमा ११ मे.वा. क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।

आयोजनाको कूल लागत २ अर्ब २० करोड रहने छ । आयोजनाको लागि आवश्यक ऋण १ अर्ब ३५ करोड नेपाल एसबिआई बैंको एकल लगानीबाट सम्पन्न भएको छ ।

कम्पनीमा अपि पावर कम्पनीकोे बहुमत सेयर लगानी रहेको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।

यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के.भि डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको समुन्द्रटार सवस्टेशनमा जडान गरि सो विद्युत मातातिर्थ, काठमाडांै सवस्टेशनमा ल्याइनेछ ।

यस समुहबाट प्रवद्र्धित कम्पनीहरुबाट हाल सम्म १०० मेगावाट भन्दा बढि विद्युत उत्पादन गरि राष्ट्रको नविकरणीय उर्जा उत्पादनमा योगदान पुर्‍याएको छ ।


साताको पहिलो नेप्से १४ अंकले बढ्यो

साताको पहिलो नेप्से १४ अंकले बढ्यो

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:५४

काठमाडौं । आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:३४

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा...

पुवा खोला-वान हाइड्रोवापरले आईपीओ निष्काशन गर्ने

पुवा खोला-वान हाइड्रोवापरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:२८

काठमाडौं । पुवा खोला-वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

कुमारी बैंकको ५ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ५ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक संस्थापक सेयर बिक्रीमा राखेको...

युनिक नेपाल लघुवित्तको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

युनिक नेपाल लघुवित्तको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर...

सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर लिलामीमा

सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर लिलामीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०८:५८

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर...