पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
वि.सं.२०८० पुस १७ मंगलवार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कर छुटसम्बन्धी सूचना प्रकाशित गरेको छ ।
जसअनुसार महानगरपालिकालाई बुझाउनुपर्ने सम्पत्ति कर, व्यवसाय कर र बहाल कर छ भने पुस मसान्तभित्र बुझाउँदा चालु आर्थिकवर्षको कर रकममा १० प्रतिशत छुट दिइनेछ ।
यस्तै महानगरपालिकाले जरिवाना छुटसम्बन्धी सूचना पनि प्रकाशित गरेको छ ।
जसअनुसार पुस मसान्तभित्र बक्यौता बुझाउँदा लाग्ने सबै जरिवाना छुट गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले समयमै कर बुझाएर जरिवाना छुट सुविधा लिन अनुरोध गरेको छ ।
प्रकाशित समय : ११:०५ बजे





















