बैंकिङ प्रणालीबाट आज १० अर्ब तरलता तान्दै राष्ट्र बैंक
वि.सं.२०८० पुस १७ मंगलवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १० अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले ७ दिने निक्षेप संकलन उपकरणमार्फत उक्त तरलता तान्ने भएकोहो ।
एक सूचना जारी गर्दै केन्द्रीय बैंकले निक्षेपका लागि दरखास्त आह्वान गरेको छ ।
अनलाइन विडिङ सिस्टममार्फत दिउँसा २ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागिआवेदन दिन सक्नेछन् ।
निक्षेप संकलनको परिपक्कता अर्थात् सावाँ ब्याज भुक्तानी यहीँ पुस २४ गते हुनेछ ।
प्रकाशित समय : ११:११ बजे





















