back
nactional

बजार दोहोरो अकंले बढ्यो, परिसूचक २१ सय नजिक

काठमाडौं । असार मसान्तको प्रभावले दुई दिन निरन्तर घटेको बजार आज भने सुधार आएको छ । साताको चौथो कारोबारको दिन बजार दोहोरो अकंले बढेको हो ।

सेयर बजारलाई असर गर्ने मुख्य कारण भनेको नै बैंक तथा वित्तीय संस्थाको ब्याजदर हो । अहिले राष्ट्र बैंकले मौद्रिक नीति पनि अर्का साता भित्र ल्याउने तयारी गरी रहेको छ । अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदर घटाउन भनेर राष्ट्र बैंकलाई दबाब दिइरहेका छन् । बैंकर्स संघले पनि साउनका लागि ब्याजदर घटाउने संकेत गरेको छ । भोलि अर्थात असार २८ गते बैंकर्स संघको बैठक बस्दैंछ । भोलिको बैठकले १ प्रतिशत ब्याज घटाउने संकेत गरेसँगै बजार सुधार तिर लम्किएको हो ।

मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा १२ करोडको सीमा र जोखिमभार १५० प्रतिशत कायम गरिएको प्रावधानमा राष्ट्र बैंकले खुकुलो बनायो भने बजारले लय समात्ने आंकलन भइरहेको छ ।

बजार आज २५.३१ अकंले बढेको छ । बजार सुधार आउँदा परिसूचक २१ सय बिन्दु नजिक पुगेको छ । परिसूचक २०९७.५५ बिन्दुमा बन्द भएको छ ।
आज २८९ कम्पनीको ८५ लाख ४ हजार ३७८ कित्ता सेयर किनबेच भएको छ । बुधबार कारोबार पनि ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार ११ उपसूचकमा हरियाली भएको छ । होटल तथा पर्यटन समूहको ०.८७ प्रतिशत र फाइनान्स समूहको १.९५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज शिवम सिमेन्टको ३३ करोड ९३ लाख र हिमालयन डिष्टिलरीको ९ करोड २३लाख रुपैयाँको कारोबार भएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

वि.सं.२०८३ भदौ २ मंगलवार १६:४३

काठमाडौं । आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट...

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १५:४७

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ भदौ १ सोमवार १२:४६

काठमाडौं। मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ...

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...