back
nactional

केबलकार सर्किट पर्यटनमा नयाँ आयाम, थप ४ वटा केबलकार निर्माण गर्ने : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताएका छन् ।

लुम्बिनी केबलकार लिमिटडले पाल्पाको बसन्तपुरमा गरेको भारतीय पत्रकारसँगको सात्क्षातकारमा ढकालले नेपालमा एकपछि अर्को केबलकारहरु सञ्चालनमा आएकाले अब बुद्धिष्ट सर्किट, रामायण सर्किट जस्तै केबलकार सर्किट पनि नेपालको पर्यटन प्रवद्र्धनमा नौलो प्याकेज हुने बताए ।

नेपालको समृद्धिको मुख्य आधार पर्यटन भएकाले यसमा लगानी गरे दुबै देशका लगानीकर्ताले राम्रो प्रतिफल पाउने ढकालको भनाइ छ । आईएमई ग्रुपको अगुवाईमा अबको ५ वर्षमा पाँचतारे होटेलसहितका थप ४ वटा केबलकार निर्माण गरी सातवटै प्रदेशमा केबलकार सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको ढकालले जानकारी दिए । नेपालमा सयौं हिल्स एरिया रहेका र केबलकार लगायत पर्यटकीय पुर्वाधार बनाउन सके भारतीय नागरिक रमाउन आउने सम्भावना रहेको ढकालको भनाइ छ ।

कुल ५ अर्ब लागतको २।६ किलोमिटर लामो लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुरमा टप स्टेशन छ । टप स्टेशनमा कामाख्यादेवी सहित सय वर्ष पुरानो भगवती मन्दिर, शिव वाहन नन्दी लगायतका धार्मिक संरचनाहरु छन् ।

लुम्बिनी केबलकार बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनी नजिकै रहेकाले पाल्पा बसन्तपुरको मनोरम प्राकृतिक भुगोल, कामाख्या देवीको मन्दिर दर्शनका लागि भारतीय नागरिक आकर्षित हुने गरेको ढकालले बताए । अध्यक्ष ढकालले पर्यटन, जलविद्युत, खानी र खनिज पदार्थ, कृषि जस्ता क्षेत्रहरुमा भारतीयसंग संयुक्त लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिने समेत औंल्याए ।

भारतीय पर्यटकहरुलाई नेपाल आगमनका क्रममा सीमा नाकामा गरिने व्यवहार सम्मानजनक हुनुपर्ने र प्रशासनिक झन्झटलाई सहज बनाइनुपर्ने अध्यक्ष ढकालले आग्रह गरे । सञ्चालनमा आएको एक महिनामै लुम्बिनी केबलकारमा चढ्ने कुल संख्या मध्ये ४० प्रतिशत भारतीय नागरिक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले निकट भविष्यमै बेलहियाबाट बुटवल गोलपार्कसम्म सटल बसहरु सञ्चालनमा ल्याउने योजना रहेको बताए ।

केबलकारको टप स्टेसनमा रहेको कामाख्यादेवी, सय वर्ष पुरानो भगवती मन्दिरको दर्शका लागि नेपालीसंगै भारतीय नागरिकको आकर्षण रहेको उनले बताए । लुम्बिनी केलबकारको टप स्टेसनमा भारतीयलाई लक्षित गरी क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र एक सय ५० कोठा सहितको पांचतारे होटेल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको अपरेसन म्यानेजर डिएन कायस्थले बताए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

वि.सं.२०८३ भदौ २ मंगलवार १८:१७

काठमाडौं । किशोरकिशोरीहरूको प्रतिभा, नेतृत्व क्षमता र सामाजिक प्रभावलाई सम्मान...

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार १४:०४

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७...

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३६

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८३ भदौ २ मंगलवार ११:२५

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ...

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको...