back
Naima

सरकार र अदालत भारतको गुलाम,म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन : बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन् ।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’,आज ( बिहीबार) शाहले आफ्नो फेसबुकमा लेखेका छन् ।

विवादित फिल्म आदिपुरुषको आपत्तिजनक संवाद नसच्याएपछि शाहले काठमाडौँ महानगरभित्र हिन्दी फिल्म सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए । सो निर्णयविरुद्ध उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै शाहले यस्तो अभिव्यक्ति दिएका हुन् ।

फिल्म आदिपुरुषका लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत प्रस्ट हुने शाहको भनाइ छ । ‘फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ’, उनले भनेका छन् ।

यसको लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै बालेनले भनेका छन्, ‘फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

वि.सं.२०८३ साउन २५ सोमवार १६:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ...

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

वि.सं.२०८३ साउन २५ सोमवार १६:३२

काठमाडौं । ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश...

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

वि.सं.२०८३ साउन २५ सोमवार १४:०३

काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले सीमा सम्बन्धी विवादित...

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

वि.सं.२०८३ साउन २५ सोमवार १३:५७

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले प्रतिपक्षसँग नडराई...

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

वि.सं.२०८३ साउन २५ सोमवार ०९:२०

काठमाडौं । ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा...