back
himalayan life

सेयर कारोबार मार्फत हुने बैंकहरुको आम्दानी डेढ अर्बले घट्यो, हेर्नुहोस् कुन कुन बैंकको बढ्यो ‘नेट ट्रेडिङ्ग इनकम’

काठमाडौ । वाणिज्य बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी डेढ अर्बले घटेको छ। साथै (नेट ट्रेडिङ्ग इनकम) पनि प्रभावित भएको छ ।

हालचालै सेयर बजारमा आएको उत्तार चढावले वाणिज्य बैंकहरुको नेट ट्रेडिङ्ग इनमकम पनि प्रभावित भएको हो ।

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय रिर्पोट अनुसार सेयर कारोबारबाट हुने आम्दानीमा झण्डै डेढ अर्बले गिरावट आएको छ ।

जस अनुसार चालु आवको ९ महिनामा बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी ४ अर्ब ८ करोड ५२ लाख ५९ हजार रुपैयाँ कायम भएको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा २५.७४ प्रतिशले कमी हो । गत आवको चैत मसान्तसम्ममा बैंकहरुको नेट ट्रेडिङ्ग इनकम ५ अर्ब ५० करोड १६ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

बजार अस्थिर बन्दा बैंकहरुको यस्तो आम्दानीमा कमी आएको विज्ञहरु बताउँछन् । घट्दो सेयर बजार तथा नेपाल राष्ट्र बैंकले लिएको केही कसिलो नीतिका कारण पनि यस्तो आम्दानीमा संकुचन आएको हो । नियमनकारी निकायम नेपाल राष्ट्र बैंकले बैंकलाई चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा दिएको छ । सो सुविधामार्फत बैंकहरुले सेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्ने प्रावधान छ ।

समिक्षा अवधिमा चार बैंकहरुको मात्रै ‘नेट ट्रेडिङ्ग इनकम’ वृद्धि भएको छ । बैंकहरुको वित्तीय रिपोर्टअनुसार सबैभन्दा धेरै आम्दानी माछापुच्छ्रे बैंकको वृद्धि भएको छ ।

बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा सेयर कारोबार मार्फत २७ करोड ३८ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन, गत आवको समिक्षा अवधिको तुलनामा भने ५०.८१ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकको ‘नेट ट्रेडिङ्ग इनकम’ १८ करोड १५ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ९ महिनामा नेपाल एसबिआई बैंकले सेयर कारोबार मार्फत २३ करोड ६६ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा २९.१० प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकले १८ करोड ३२ लाख बढी आम्दानी गरेको थियो ।

यस्तै, समिक्षा अवधिमा प्रभु बैंकको ‘नेट ट्रेडिङ्ग इनकम’ ५.४६ प्रतिशतले वृद्धि भई १८ करोड १७ लाख ६८ हजार रुपैयाँ कायम भएको छ। बैंकले गत आवको तेस्रो त्रैमासमा सेयर कारोबार मार्फत १७ करोड २३ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यता, लक्ष्मी बैंकको ‘नेट ट्रेडिङ्ग इनकम’ मा २.८४ प्रतिशतको बढोत्तरी देखिएको छ । समिक्षा अवधिमा बैंकले सेयर कारोबार मार्फत १३ करोड ६८ लाख ८० हजार आम्दानी गरेको छ ।

कृषि विकास बैंकको ‘नेट ट्रेडिङ्ग इनकम’ ऋणात्मक

कृषि विकास बैंकको ‘नेट ट्रेडिङ्ग इनकम’ अझै ऋणात्मक देखिएको छ । चालु आवको ९ महिनामा बैंकको यस्तो आम्दानी २ करोड २४ लाख ५८ हजार रुपैयाँ ऋणात्मक छ । यद्यपि, गत आवको समिक्षा अवधिको तुलनामा भने ऋणात्मक घटाएको छ । बैंकले ७०.७५ प्रतिशतले घटाएको हो । गत आवको तेस्रो त्रैमासमा बैंकले सेयर कारोबार मार्फत ७ करोड ६७ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

स्टाण्र्ड चार्टर्डपछि ग्लोबल आइएमई र एनआईएमिब धेरै आम्दानी

चालु आवको ९ महिनामा सेयर कारोबार मार्फत स्टाण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा धेरै आम्दानी गरेको छ । सो अवधिमा बैंकले सेयर कारोबार मार्फत ४४ करोड ७२ लाख १९ हजार रुपैइाँ आम्दानी गरेको छ । यद्यपि, गत आवको समिक्षा अवधिको तुलनामा भने १०.६२ प्रतिशतले कमी हो । गत आवको चैत मसान्तसम्ममा बैंकले ५० करोड बढी आम्दानी गरेको थियो ।

दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ३६ करोड ६० लाख २२ हजार रुपैयाँ आम्दानी गरेको छ । तर, गत आवको समिक्षा अवधिमा भने बैंकले सेयर कारोबार मार्फत ४६ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

तेस्रो स्थानमा भने नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । बैंकले चालु आवको ९ महिनामा ३६ करोड २१ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको छ । तर, गत आवको समिक्षा अवधिको तुलनामा भने बैंकको यस्तो आम्दानीमा २३.५५ प्रतिशतले कमी हो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

वि.सं.२०८३ असार ३ बुधवार १३:५५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ दशमलव ५ प्रतिशत...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

वि.सं.२०८३ असार २ मंगलवार १८:५७

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...