back

सेयर बजारको आकार साढे ३ महिनामै ५ खर्ब बृद्धि

काठमाडौं । नयाँ सरकार गठन हुने वातावरण तयार भएदेखि नै सेयर बजार उकालो लाग्न थालेको थियो । पछिल्ला १३ दिनमा नेपाली सेयर बजार परिसूचक नेप्से करीब २ सय ९० अंक बढेको छ ।

१६ महिनाअभि नेप्सेले ३१ सय ९८ अंक पुगेर ओरालो लाग्न थालेदेखि नै निराश बनेका सेयर लगानीकर्तामा अचेल भने उत्साह छाएको छ ।

२०७८ भदौ २ मा कीर्तिमानी उचाई चुमेर ओरालो लागेको सेयर बजार गत ९ असोजमा १८ सय १५ अंकमा झरेको थियो । तर त्यहाँबाट बजार थप घट्न सकेन । यसले ५३ हप्तादेखिको ओरालो यात्रामा ब्रेक लागेको देखिएको छ । त्यसयताका साढे ३ महिनामा नेप्सेले ३ सय २८ अंकको उचाइ पार गरेको छ । यसबीच सेयर बजारको आकार पनि ४ खर्ब ९२ अर्बभन्दा धेरैले बढेको छ ।

यद्यपि नेप्सेको बढ्दो रफ्तारले गति समातेको करीव दुई सातामात्रै भयो । पछिल्ला दुई हप्ताम नेप्से करीब २ सय ७७ अंक बढेको छ । अघिल्लो हप्ता १६२ अंक बढेको नेप्से गत साता थप १ सय १५ अंक बढेपछि यो स्थानमा आइपुगेको हो । यो बृद्धि कति लम्बिन्छ भन्ने स्पष्ट त छैन, तर तत्कालका लागि लगानीकर्तामाझ सेयर बजारमा पैसा खन्याउने लहर चलेको छ ।

साप्ताहिक कारोबार नियाल्ने हो भने गत सातामात्रै नेप्से २ हजार २८ देखि २१ सय ६० अंकका बीचमा रहेको थियो । सातामा ५ मध्ये ४ दिन परिसूचकले दुई अंकको बृद्धि हासिल गर्यो । बुधबार त नेप्से करीब ६५ अंक बढ्यो, जुन पछिल्ला कयौं महिनायताकै उच्च बृद्धि हो ।

केही हप्ता अघिसम्म ५ अर्ब हाराहारी रहेको साप्ताहिक कारोबारको आकार पनि अहिले ह्वात्तै बढेको छ । गत साता नेप्सेमा १८ अर्ब ८० करोडको सेयर किनबेच भयो । यसअघिको सातामा १० अर्बभन्दा बढीको करोबार भएको थियो । त्योभन्दा अघिल्ला साता कारोबार रकम ४ देखि ६ अर्बकै बीचमा रहँदै आएका थिए । यसरी पछिल्ला दुई सातामा नेप्सेको कारोबार रकम हरेक हप्ता दोब्बर भएको छ ।

कारोबार रकममात्रै होइन, ब्यापारमा आएको सेयर संख्यामा पनि उस्तै बढोत्तरी भएको छ । सातामा १ करोड २० लाख कित्ता हाराहारी सेयर ब्यापार हुँदै आएकामा गत साता ४ करोड ३० लाख कित्ता पुगेको छ । गत सातामात्रै नेप्सेको बजार पूँजीकरण १ खर्ब ६७ अर्ब बढेको छ । सबैजसो सामूहिक परिसूचक गत साता पनि उकालो लागे ।

अघिल्लो हप्ताको तुलनामा लगभग सबैजसो कम्पनीको सेयर मूल्य बढेका छन् । सेयरमा लगानी गर्ने अधिकांश लगानीकर्ताले वितेको दुई सातामा केही न केही आम्दानी वा सम्पत्ती बढाउन सफल भएका छन् ।

६ महिनायता नेप्से परिसूचकले ‘साइडवेज मुभमेण्ट’ समातेको देखिन्छ । यसबीच नेप्से परिसूचक १८ सयदेखि २२ सय अंकको बीचमा स्थायित्वका निम्ति भिडिरहेको छ । अहिले नेप्सेको बढ्दो गतिले रफ्तार समातेको भए पनि नेप्सेले यो करीडोरको माथिल्लो सीमा छिचोल्न अझै सकेको छैन ।

त्यसैले नयाँ बुलरन अर्थात् सेयर बजारले ‘अर्को कीर्तिमानी उचाइको बाटो समातिसक्यो’ भनेर भनिहाल्ने बेला भएको छैन । यस अघिका प्रबृत्तीहरु नियाल्दा पनि नेप्से यस्तै आक्रामक बृद्धिबाट कयौं पटक पछाडी हडेको देखिएका छन् ।

यसले नयाँ कीर्तिमानी स्तरको बाटो तताउनु अघि नै नेप्सेले अहिलेको बृद्धिबाट फर्केर फेरी अर्को न्यूनतम विन्दु तयार पार्नसक्ने संभावना मरिसकेको छैन । तर परिसूचकले २२ सय अंक पार गर्यो भने चाहीँ अर्को डेढ सय अंक सहजै छिचोल्न सक्ने बलियै संभावना देखिएको छ ।


नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभुति गर्ने

नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभुति गर्ने

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:२२

काठमाडौंं । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर...

मितेरी डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता सेयर बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:३९

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको...

साताको पहिलो नेप्से १४ अंकले बढ्यो

साताको पहिलो नेप्से १४ अंकले बढ्यो

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:५४

काठमाडौं । आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:३४

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा...

कुमारी बैंकको ५ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ५ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक संस्थापक सेयर बिक्रीमा राखेको...

युनिक नेपाल लघुवित्तको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

युनिक नेपाल लघुवित्तको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर...