back

काठमाडाैं महानगरपािलकाकाे राजश्व सङ्कलन बढ्याे

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा रु तीन अर्ब ६९ करोड जम्मा गरेको कामपाले कोरोना महामारीको त्रास कम भएसँगै उक्त राजश्व सङ्कलन गरेको कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले बताए ।

बुधबार कामपामा भएको राजस्व परामर्श समितिको बैठकमा डा अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिएका हुन् ।

बैठकले कामपाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श समितिले नगरसभामा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ ।

व्यवसायीले स्वीकृति नलिई वा मापदण्डविपरीत राखेका परिचय पाटी कामपाको टोलीले हटाउँदा लाग्ने जरिवाना रकम कम्तीमा रु पाँच सय र अधिकतम रु तीन हजार हुने निर्णय गरेको छ ।

जरिवाना तोक्दा स्थान र सामान तथा उपकरणको प्रयोगलाई आधार बनाइएको छ । भुइँ तला र पहिलो तलामा राखिएका साधारण प्रकृतिका परिचय पाटीलाई एउटा शुल्क तोकिएको छ ।

सोही ठाउँमा बेल्डिङ् मेसिन तथा अन्य विद्युतीय उपकरण प्रयोग गरेर पाटी हटाउनुपरेमा अर्को प्रकारको शुल्क लाग्नेछ ।

दोस्रो तलाभन्दा माथि राखिएका सामान्य परिचय पाटी र त्यही ठाउँमा बेल्डिङ् मेसिन वा अन्य विद्युतीय साधनको उपयोग गर्नुपर्ने भएमा छुट्टाछुट्टै जरिवाना सिफारिस हुने निर्णय भएको छ ।

 


Kageshwori manohara
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

वि.सं.२०८० मंसिर २२ शुक्रवार १२:५७

काठमाडौं । मूल्यबृद्धिलाई नियन्त्रण गर्न भनेर नीतिग ब्याजदरलाई उच्च विन्दुमा...

कर्मचारी सञ्चय कोषले २२ प्रतिशत बढायो सेयरमा लगानी, ५.२३ खर्ब ६९ करोड पुग्यो कूल सम्पत्ति

कर्मचारी सञ्चय कोषले २२ प्रतिशत बढायो सेयरमा लगानी, ५.२३ खर्ब ६९ करोड पुग्यो कूल सम्पत्ति

वि.सं.२०८० मंसिर १२ मंगलवार ११:२३

काठमाडौं । कर्मचारी सञ्चय कोषले चालु आर्थिक वर्ष २०८०/८१को पहिलो...

अब हायर पर्चेज कम्पनीले ऋण दिँदा ब्याज बाहेकको शुल्क लिन नपाउने, पेनाल ब्याजदर २ प्रतिशत मात्रै हुने

अब हायर पर्चेज कम्पनीले ऋण दिँदा ब्याज बाहेकको शुल्क लिन नपाउने, पेनाल ब्याजदर २ प्रतिशत मात्रै हुने

वि.सं.२०८० मंसिर ११ सोमवार २०:५३

काठमाडौं। नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति...

महिला सशक्तिकरणका लागि बजेट विनियोजन हुनेछ : अर्थमन्त्री

महिला सशक्तिकरणका लागि बजेट विनियोजन हुनेछ : अर्थमन्त्री

वि.सं.२०८० मंसिर १० आइतवार १७:५४

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म...

नेपाल विद्युत प्राधिकरणले  गर्यो ४ महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

नेपाल विद्युत प्राधिकरणले गर्यो ४ महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

वि.सं.२०८० मंसिर ७ बिहीवार १८:१९

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१को...