back
himalayan life

सम्पत्ती शुद्धिकरण विरुद्ध राष्ट्र बैंकको सिलसिलेवार कदम: अव महाशाखा नै खोल्ने

काठमाडौं । सम्पत्ती शुद्धिकरण विरुद्ध क्रमशः कठोर कदमहरु चालिरहेको नेपाल राष्ट्र बैंकले यससम्बन्धि निरिक्षण र सुपरिवेक्षण गर्न अब राष्ट्र बैंकभित्र महाशाखा नै खोल्ने भएको छ ।

अहिले ‘वित्तीय जानकारी इकाई’ मार्फत् सम्भावित सम्पत्ति शुद्धिकरणका घटनामाथि छानबिन गरिरहेको राष्ट्र बैंकले अव थप सशक्त रुपमा प्रस्तुत हुन लागेको हो ।

आगामी माघ १ देखि काम थाल्ने गरी ‘सम्पत्ति शुद्धिकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्ने निर्णय भएको राष्ट्र बैंकले सार्वजनिक सूचनामार्फत् जानकारी दिएको छ । यसलाई राष्ट्र बैंकभित्र विशिष्टिकृत सुपरिवेक्षकीय संरचनाको रुपमा विकास गर्ने केन्द्रिय बैंकको भनाइ छ ।

यसअघि अन्तरराष्ट्रिय संस्थाहरुको दवाबमा राष्ट्र बैंकले २०६५ वैशाख ९ गते आफ्नो प्रतिनिधी कार्यालयको रुपमा ‘वित्तीय जानकारी इकाइ’को स्थापना गरेको थियो । यसको अंग्रेजी नाम ‘फाइनान्सियल इन्भरमेसन युनिट’लाई हालैमात्रै संशोधन गरेर ‘फाइनान्सियल इन्टेलिजेन्स युनिट’ बनाइएको थियो । राष्ट्र बैंकले यो अड्डालाई सूचना संकलन गर्ने कार्यालयबाट अनुसन्धान संस्था बनाएको एक साता नवित्दै पुनः महाशाखामा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

हालैमात्र ग्राकह पहिचान फारम राम्रोसँग नभरेका ग्राकहको बैंक खाता नखोल्न र उनीहरुसँग कारोबार पनि नगर्न राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यसअघि खाता खोलेर कारोबार गरिरहेका ग्राहकले पनि ग्राहक पहिचान फारम भरेका छैनन् भने उनीहरुलाई पुरै फारम भराउनु पर्ने र त्यसो गर्न नमान्ने ग्राहकको बैंक खाता नै खारेज गरिदिन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

सरकारले ‘केही नेपाल कानून संशोधन विधेयक’मार्फत् सम्पत्ती शुद्धिकरणसँग जोडिएका थुप्रै कानूनहरको संशोधन गर्ने प्रयास गरेको थियो । तर उक्त विधेयक अन्तिम टुंगोमा नपुर्याउँदै यसअघिको संसद विघटन भयो । जसले गर्दा कानूनी छिद्रहरु खोजेर सम्पत्ती शुद्धिकरण हुनसक्ने भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स र यसको एसिया प्रसान्त क्षेत्रको समितिले निरन्तर दवाब दिइरहेको छ । उक्त संस्थाहरुका प्रतिनिधी अहिले नेपालमै आएर स्थलगत निरिक्षण गरिरहेका छन् ।

सन् २००१ मा अमेरिकामा अल कायदाले हमला गरेपछि संसारभर सम्पत्ती शुद्धिकरण र आतंकाबादी क्रियाकलापमा वित्तीय लगानी निरुत्साहित गर्न अमेरिकी सरकारले ठूलो दबाव सिर्जना गर्यो । यसैको परिणाम स्वरुप विभिन्न अन्तरराष्ट्रिय संस्थाहरु खडा गरिए । ती संस्थाले हरेक मुलुकलाई वित्तीय कारोबारमा बढी सजग हुन दवाव दिए ।

नेपालजस्तै संसारभर नै अहिले बैंकमार्फत् वित्तीय कारोबार गर्न पहिलेजस्तो सहज छैन । तर नेपालजस्ता गरिब मुलुकहरुमा अनौपचारिक अर्थतन्त्रको आकार बढी हुने भएकाले सम्पत्ती शुद्धिकरणको जोखिम पनि त्यस्तै उच्च हुने भनेर अमेरिकी नेतृत्वका ती अन्तरराष्ट्रिय मञ्चहरुले दवाव दिँदै आएका छन् ।

आफूहरुले भनेजस्तो कडा कानून र संरचना खडा नगरे जुनसुकै कमजोर देशलाई वित्तीय कारोबारमा रोक लगाउने नीति अघि सारिएपछि नेपालजस्ता मुलुक र यहाँको केन्द्रिय बैंकले आफ्ना नागरिकलाई असहज हुँदाहुँदै पनि कठोर नीति अघि सार्न बाध्य हुनु परेको छ । राष्ट्र बैंकका अधिकारीहरु यसअघि पनि पटक पटक प्रश्न उठिसकेको सम्पत्ती शुद्धिकरणको विषयलाई जोडदार ढंगले अघि नसार्ने हो भने अन्तरराष्ट्रिय भुक्तानी नै रोकिन सक्ने भन्दै कठोर नीति लिनु परेको बाध्यता सुनाउँछन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

वि.सं.२०८३ असार ३ बुधवार १३:५५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ दशमलव ५ प्रतिशत...