क्विड, ट्राइवर र काइगरको मूल्य बढाउँदै रेनो
वि.सं.२०७९ मंसिर २५ आइतवार
काठमाडौं । रेनोले जनवरीदेखी भारतमा आफ्ना कारको मूल्य वृद्धि गर्ने भएको छ । जनवरीमा अधिकांश व्रान्डले मूल्य बढाउने घोषणा गरेपछि रेनोले पनि यस्तो निर्णय लिएको हो ।
गाडी निर्माणका लागी आवश्यक कच्चा पदार्थको मूल्य बढ्नुलाई उसले मूलय वढाउनु पर्ने प्रमुख कारण मानेको छ ।
कच्चा पदार्थको मूल्य बृद्धिसंगै विदेशी मुद्रा महंगो हुनु, महंगी वढ्नु र सरकारी नितीमा परिवर्तन आउँदा गाडीको उत्पादन खर्चिलो वनेका कारण मूल्य बृद्धि गर्नुपरेको कम्पनीको भनाई छ ।
यी विषयलाई नै आधार मानेर यसअघि टाटाले आफ्ना अधिकांश मोडलको मूल्य बृद्धि गरिसकेको छ भने मारुती सजुकीले पनि वृद्धि गर्ने तयारी गरिरहेको छ ।
रेनोले हाल भारतमा क्विड, ट्राइवर र काइगर गरी कुल ३ मोडलका कार निर्माण गर्दै आइरहेको छ । यी तीनवटै कार नेपाली बजारमा समेत उपलब्ध रहँदै आएका कारण भारतमा हुने मूल्य बृद्धिले यहाँको बजारलाई समेत प्रभाव पार्ने देखिन्छ ।
जनवरीदेखी प्राय सवै व्रान्डले मूल्य बृद्धि गर्न लागेका कारण नेपालमा आउने नयाँ गाडी थप महंगो वनेर आउने भएका छन् ।
प्रकाशित समय : १०:५४ बजे






















