back
himalayan life

प्रधानमन्त्री र सीके राउतबीच भेटवार्ता, सत्ता समीकरणबारे छलफल : राउत सरकारमा जान सकारात्मक

काठमाडौं। प्रधानमन्त्री शेरबहादर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेको स्रोतले बताएको छ। संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने प्रस्ताव देउवाले गरेको स्रोतको दाबी छ। उनले सरकारमा जान आफू सकारात्मक रहेको बताएका थिए।

राउतले यसअघि नै सरकारमा जान आफूले विकल्प खुला राखेको बताएका थिए। जनमत पार्टी मधेस प्रदेशमा निर्णयक शक्तिको रुपमा रहेको छ। गठबन्धन गर्दा मधेस प्रदेशमा समेत भागबण्डा गरेर अघि बढ्नेगरी दुईबीच छलफल भएको स्रोतले भन्यो।

‘संघ र प्रदेशमा कसरी सत्ता सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा उहाँहरुबीच छलफल भएको हो।

कांग्रेस नेतृत्वको सरकारले संघ र मधेस प्रदेशमा समेत सहकार्य गर्नेगरी प्रधानमन्त्री देउवाले राउतजीसँग प्रस्ताव गर्नुभएको छ। त्यसमा राउतजी पोजेटिभ देखिनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो।

यसअघि राउत र कांग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको थियो। निधिकै पहलमा राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो।

राउतले सप्तरी २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए।

राउतको पार्टीले समानुपातिक थ्रेस होल्ड कटाएको छ। राउतसँग प्रत्यक्ष र समानुपातिक गरी कम्तिमा ५ सिट हुने छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...