back

बाराही हाइड्रोपावरले मंसिर २१ गतेदेखि आइपीओ जारी गर्ने

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले मंसिर २१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने लागेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजन प्रभावित स्थानिय बासिन्दाका लागि बिक्री गरेकोमा वितरण हुन नसकेको १ लाख ४ हजार कित्ता शेयरसमेत जोडेर कम्पनीले सर्वसाधारणमा कुल ५ लाख ५४ हजार कित्ता शेयर वितरण गर्न लागेको हो ।

जसमा ५ प्रतिशत अर्थात् २७ हजार कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा गर्ने कम्पनीले जनाएको छ ।

उक्त शेयरमा छिटोमा मंसिर २६ गते र छिटो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि पुस ६ गतेसम्म विक्री आवेदन दिन पाउनेछ ।

लगानीकर्ताले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

साथैै सिडिएससीको मेरो शेयर वेबसाइट वा एपमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपाले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दै इक्रा एनपी इस्यूअर रेटिङ बि माइनस रेटिङ प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१५

काठमाडौं । याम्वालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक...

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १२:००

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:४०

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:२७

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका...

कालंगा हाइड्रो लिमिटेडको आईपीओ जेठ ८ गतेदेखि निष्काशन गरिने

कालंगा हाइड्रो लिमिटेडको आईपीओ जेठ ८ गतेदेखि निष्काशन गरिने

वि.सं.२०८३ वैशाख २२ मंगलवार ०९:५९

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि...

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:५०

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले पहिलो चरणअन्तर्गत आजदेखि आईपीओ...