back

हिरो एक्सपल्स अब ३०० सीसीमा आउनः यस्ता हुनेछन् अन्य मोडल

काठमाडौं । दुई पाङ्ग्रे सवारी साधनमा अफ–रोड बाइकको क्रेज बढ्न थालेको छ । हिरो मोटोकर्पले यस सेगमेन्टमा हिरो एक्सपल्स २००, एक्सपल्स २०० ४भी र एक्सपल्स २००टी बिक्री गरिरहेको छ ।

हिरोले अफरोड क्षेत्रमा ठूलो इन्जिन बाइक ल्याउने तयारी गरिरहेको छ । कम्पनीले एक्सपल्स ३००, एक्सपल्स ३००टी र स्ट्रिम ३०० एसजस्ता ठूला बाइकमा काम गरिरहेको छ । हालै सामाजिक सञ्जालमा यी बाइकको परीक्षण मोडलका तस्बिर सार्वजनिक भएको थियो ।

रिपोर्टका अनुसार हिरो एक्सपल्स ३०० एड्भेन्चर बाइक, एक्सपल्स ३००टी एड्भेन्चर टुरर मोडल र स्ट्रिम ३०० एस फुल फेयरिङ सहितको स्पोर्ट्स बाइक हुनेछ । कम्पनीले यी ३ वटै बाइकमा ३०० सीसी इन्जिन प्रयोग गर्नेछ । यो बाइकमा एउटै इन्जिन प्रयोग गरिए तापनि पावर र टर्क आउटपुट फरक हुनेछ ।

कम्पनीले यी ३ वटा बाइक २०२३ मा लन्च गर्ने योजना बनाएको छ । हिरो एक्सपल्स ३०० को कन्सेप्ट २०२० हिरो वल्र्ड इभेन्टमा सार्वजनिक गरिएको थियो ।

हिरो एक्सपल्स ३०० बाइकमा रेज्ड ह्यान्डलबार, एग्रेसिभ हेडल्याम्प काउल, कम्प्याक्ट विन्डस्क्रिmन, इन्जिन गार्ड, फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, स्पोक ह्विल, अफ–रोड टायर र एलईडी हेडलाइट जस्ता फिचर हुनेछ ।

हिरो एक्सपल्स ३०० मा पाइने पाङ्ग्राहरू रोयल इन्फिल्ड हिमालयन जत्तिकै हुन सक्छ । यसमा २१ इन्चको फ्रन्ट ह्विल र १८ इन्चको रियर ह्विल हुनेछ । बाइकमा डिस्क ब्रेक र ड्युअल च्यानल एबीएस स्ट्यान्डर्डका रूपमा दिइनेछ । बाइकको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक सस्पेन्सन हुनेछ ।

एक्सपल्स ३००टी लन्चिङ पछि रोयल इन्फिल्ड हिमालयन, येज्दी एड्भेन्चर, केटीएम ३९० एड्भेन्चर, बीएमडब्ल्इु जी३१०जीएससँग प्रतिस्पर्धा गर्नेछ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...