back

नेपाल बन्छ, जब नेपालमा बनाइन्छ : चिरञ्जीवि अधिकारी

चिरञ्जीवि अधिकारी - क्यान अध्यक्षका प्रत्यासी

देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ । सार्वजनिक फोरमहरुमा आन्तरिक उत्पादनका विषयहरु जोडतोडले उठ्छन् । आन्तरिक उत्पादनमा हामी कमजोर बनेका छौं ।

विभिन्न क्षेत्रका माध्यमबाट निकै ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको अवस्था छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिका विषयमा निकै चिन्ता गरेको सुनिन्छ । तर हामीले हाम्रो पैसा बाहिरिन नदिनका लागि के गर्न सक्छौं भन्ने विषयमा खासै ध्यान दिइएको छैन ।

अहिले हाम्रो देशबाट आईटीका लागि मात्रै वार्षिक ३ अर्ब हाराहारीमा रकम बाहिरिने गरेको छ । धेरै बैंकहरुले विदेशी कम्पनीको सफ्टवेयर प्रयोग गर्छन । एउटा बैंकले कोर बैंकिङ सफ्टवेयरको मात्रै ५ देखि ७ करोड रुपैयाँसम्म विदेश पठाउछन् । यसबाहेक कागजात व्यवस्थापन होस् या कार्डहरुको सफ्टवेयरका लागि छुट्टै पैसा खर्च हुने गरेको छ ।

हामीसँग भएका श्रोत, साधन र जनशक्तिका विषयमा मात्रै ध्यान दिने हो भने पनि निकै ठूलो धनराशी बाहिर जानबाट जोगाउन सक्नेछौं । नेपाल बनाउनका लागि नेपालमै वस्तुहरु बनाउनु पर्छ । नेपाल बनाउनका लागि एउटा महत्वपूर्ण क्षेत्र हो, प्रविधि । हामीले प्रविधिको भरपुर उपयोग गर्न अझै पनि सकेका छैनौं ।

नेपाली आईटी विज्ञहरु एक सय एक छन्, तर पनि हामी विदेशी कम्पनीहरुको भर पर्नु पर्ने बाध्यता छ ।

सफ्टवेयरको माध्यमबाट हामीले नेपाललाई समृद्ध बनाउन सकिने सम्भावनाहरु प्रसस्त छन् । नेपालमा साच्चिकै ध्यान दिने हो भने आईटी हव बनाउन सकिन्छ । तर यस विषयमा राज्य र नियम कानून बनाउने जिम्मा पाएकाहरुले खासै ध्यान दिएका छैनन् । नेपालीहरुको स्कील र नलेज बाहिर गएको छ । नेपाली स्कील र नलेज प्रयोग गरेर विदेशीहरुले राम्रा राम्रा सफ्टवेयर बनाएका छन् । नेपालीले बनाएका सफ्टवेयरहरु नै विदेशी कम्पनीहरु मार्फत नेपाल भित्रिएका प्रसस्तै उदाहरणहरु छन् ।

हामीले विदेशी कम्पनीहरुको सफ्टवेयर जसरी प्रयोग गर्छौ, त्यसलाई छाडेर नेपाली प्रयोग गर्ने हो भने स्वदेशमै रोजगारीका प्रसस्त अवसरहरु सिर्जना हुनेछन् । उद्यमशीलताको विकास स्वदेशमै हुन सक्ने सम्भावना छ । अहिले हामीले हाम्रा आइटी विज्ञहरुलाई समेत विदेश पलायन हुन बाध्य बनाएका छौं । स्वदेशमा पर्याप्त अवसर भएपछि धेरै एक्सपर्ट ९विज्ञ० हरु विदेशिनु पर्ने बाध्यता छ ।

स्वदेशी सफ्टवेयर कम्पनीहरुलाई प्रोत्साहन गर्ने हो भने रोजगारीको समस्या समाधान हुने मात्रै होइन । ग्लोबल आर्यटी म्यापमा हाम्रो देशलाई देखाउन सक्नेछौं । अहिले हामी सगरमाथा र वुद्धको जन्म देश भनेर चिनाउछौं ।

सगरमाथा र बुद्धको मात्रै होइन सूचना प्रविधिले सम्पन्न देश भनेर पनि विश्वमा चिनाउन सकिन्छ । आजसम्म नेपालमा आईटीलाई एउटा टुलको रुपमा मात्रै लिइएको छ । हामीले आईटीले विशेष ध्यान दिने हो भने भोलि आउने साइबर वारबाट देशलाई केही हदसम्म बचाउन सकिनेछ ।

के गर्ने त अब ?

नेपालमा सफ्टवेयर बनाउन सकिन्छ । नेपालमा नेपाली कम्पनीहरुले नै बनाएका सफ्टवेयरहरु प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास हुनुपर्छ । यसलाई कानूनी संरक्षणको पनि अत्यन्तै जरुरी पर्छ । नेपालकै सफ्टवेयर प्रयोग गर्न गराउनका लागि एउटा स्वतन्त्र निकायको पनि जरुरी पर्छ ।

जसले सफ्टवेयरको क्वालिटी चेक गरी मान्यता दिन सकोस् । जस्तो आईएसओ प्रमाणित भन्ने हामीले सुनेका छौं, सफ्टवेयरका सन्दर्भमा पनि यस्तै कुनै निकाय बनाउनु पर्छ । यसले नेपाली सफ्टवेयर उद्यमीलाई प्रोत्साहन हुन्छ । केही स्वदेशमै गरौं भन्ने वातावरण बनाउनका लागि हामी सबै लाग्नु पर्छ ।

यस बाहेक आईटी क्षेत्रलाई पनि राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रको रुपमा राख्न सक्छ । आईटी उद्यमी बन्न चाहनेहरुका लागि बैंकहरुमार्फत सहुलियत ऋण दिएर पनि यस क्षेत्रलाई प्रोत्साहन गर्न सकिनेछ ।

nactional life
Corporatebazar 11 Anniversary

मे दिवसको अवसरमा सरकारलाई चेतावनी: ट्रेड युनियन खारेज गर्ने तयारीविरुद्ध आन्दोलनको आँधी आउने संकेत

मे दिवसको अवसरमा सरकारलाई चेतावनी: ट्रेड युनियन खारेज गर्ने तयारीविरुद्ध आन्दोलनको आँधी आउने संकेत

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १२:३२

काठमाडौँ ।आज मे १ अर्थात् १३७औँ विश्व मजदुर दिवस ।...

मातातीर्थ औँसी : परम्पराबाट डिजिटल अभिव्यक्तिसम्म

मातातीर्थ औँसी : परम्पराबाट डिजिटल अभिव्यक्तिसम्म

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३४

मातातीर्थ औँसी अहिले दुई फरक धारको संगममा उभिएको देखिन्छ ।...

सातै प्रदेशमा अटिजमका लागि नमुना विद्यालय: अवसर र चुनौती

सातै प्रदेशमा अटिजमका लागि नमुना विद्यालय: अवसर र चुनौती

वि.सं.२०८२ चैत २५ बुधवार ११:०७

परम्परागत विद्यालय प्रणालीमा समेट्न कठिन हुने भएकाले विशेष शिक्षण विधि,...

बढ्दो अटिजम, सीमित तयारी : सरकारी योजना र नीति कमजोर

बढ्दो अटिजम, सीमित तयारी : सरकारी योजना र नीति कमजोर

वि.सं.२०८२ चैत १९ बिहीवार १०:५७

सन्दर्भ : विश्व अटिजम जागुरकता दिवस अटिजम कुनै आमाको गल्तीले...

बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.पण्डित

बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.पण्डित

वि.सं.२०८२ चैत १८ बुधवार १२:०३

डा.अन्जली पण्डित बाल क्यान्सररोग विशेषज्ञ काठमाडौं । नेपालमा प्रत्येक वर्ष...

नयाँ सरकारको समावेशी अनुहार सकारात्मक, तर नीति र बजेट नै वास्तविक परीक्षा : रूप सुनार

नयाँ सरकारको समावेशी अनुहार सकारात्मक, तर नीति र बजेट नै वास्तविक परीक्षा : रूप सुनार

वि.सं.२०८२ चैत १७ मंगलवार ११:१७

सर्वोच्च अदालतको इतिहासमा अहिलेसम्म एक जना पनि दलित न्यायाधीश नहुनु...