back

स्पोर्टी लुक र हाइटेक फिचर सहित आयो वागनआर फेसलिफ्ट मारुती सुजुकीको नयाँ मोडल,कति छ मूल्य?

काठमाडौं । २०२३ सुजुकी वागन आर फेसलिफ्ट अपडेट डिजाइन, स्पोर्टी लुक र हाइटेक फिचर सहित जापानमा लन्च गरिएको छ ।

सो मोडल नेपाल वा भारतको मोडल भन्दा फरक छ ।

सुजुकीले जापानमा वागन आरको ३ भेरिएन्ट वागन आर, वागन आर कस्टम जेड र वागन आर स्टिंग्रे लन्च गरेको छ । स्ट्यान्डर्ड वागन आरमा स्ट्यान्डर्ड हलोजन हेडल्याम्प उपलब्ध छ ।

जापानमा २०२३ सुजुकी वागन आर फेसलिफ्ट १२ लाख १७ हजार ७०० येन देखि १५ लाख ९ हजार २०० येन, वागनआर स्टिंग्रे १६ लाख ८८ हजार ५०० येन देखि १८ लाख ११ हजार ७०० येन र कस्टम जेड मोडल १४ लाख ७४ हजार येन देखि १७ लाख ५६ हजार ७०० येनसम्म उपलब्ध छ ।

नयाँ २०२३ मारुती सुजुकी वागन आरमा बक्सी डिजाइन दिइएको छ । यसको ग्रिल र टेलगेटमा पनि परिवर्तन गरिएको छ । स्टिंग्रे भेरिएन्टको लुक आक्रामक देखिएको छ भने कस्टम जेड वागन आर र वागन आर सिम्पल देखिन्छ । सो ३ वटै भेरिएन्टको रियर र साइड प्रोफाइल लगभग समान छ ।

नयाँ मोडलको इन्टेरियर पुरानो मोडलको जस्तै छ । इन्फोटेनमेन्ट स्क्रिन पनि मारुती सुजुकीका नयाँ कार बलेनो र ब्रेजामा जस्तै ९ इन्चको छ । सेफ्टीको लागि भने स्टिंग्रेमा एचयूडी, एडीएएस र ३६० डिग्री पार्किङ फिचर समावेश गरिएको छ ।

जापानमा लन्च गरिएको वागन आरमा ६६० सीसीको मोटर समावेश गरिएको छ, जुन पेट्रोल र माइल्ड हाइब्रिड कन्फिगरेसन दुवैमा उपलब्ध छ ।

यस इन्जिनको टर्बो भर्सन स्टिंग्रे र कस्टम जेडमा उपलब्ध छ । ट्रान्समिसनको लागि ५ स्पिड एमटी र सीभीटी समावेश छ । सीभीटी गियरबक्सको साथमा माइल्ड हाइब्रिड पावरट्रेनले २५.२ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ ।

मारुती सुजुकी वागन आर २०२३ अर्को वर्षको अन्त्यमा भारतमा लन्च हुने अपेक्षा गरिएको छ । साथै यसको फिचर पनि परिवर्तन गरिने छ ।भारतमा लन्च हुने मोडलमा भने केही परिवर्तन हुने अनुमान गरिएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...