back

निर्वाचन कार्यतालिका: असोज २३ गते प्रत्यक्ष तर्फको उम्मेद्‍वारी दर्ता, समानुपातिकका लागि असोज २ र ३ गते बन्द सूची पेश गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने प्रणाली) तर्फको निर्वाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता असोज २३ गते हुने कार्यतालिका बनाएको हो।

आयोगले निर्वाचनको तयारी र व्यवस्थित गर्न आन्तरिक प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको हो। सरकारले मंसिर ४ गते एकै चरणमा हुने गरी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा ्पनि गरेको छ।

प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन २०७९ साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सूचित गरिसकेको छ।

राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्न लिइ निर्वाचनमा भाग लिने प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने आयोगद्वारा जारी सूचनामा उल्लेख छ।

निर्वाचन आयोग स्रोतका अनुसार असोज ११ गते निर्वाचन अधिकृतको नियुक्ति, २१ गते कार्यालय स्थापना, २३ गते उम्मेदवारी दर्ता, २८ गतेबाट मतपत्र छपाई, कार्तिक १६ गते देखि मतदान सामाग्री ढुवानी, मंसिर १ गतेदेखि मौन अवधि र ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने कार्यतालिका स्वीकृत भएको छ।

प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा, ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन्।

यसैगरी समानुपातितर्फको निर्वाचनका लागि साउन ३० गते कार्यालय स्थापना गरिने छ। आयोगले भदौ २० गतेबाट समानुपातिकतर्फको मतपत्र छपाई सुरु गर्ने, असोज २ र ३ गते बन्द सूची पेश गर्ने कार्यतालिका छ।

आयोगले औपचारिक रुपमा कार्यतालिका भने सार्वजनिक गर्न बाँकी रहेको छ। आयोगले राजपत्रमासमेत कार्यतालिकाको सूचना प्रकाशित गर्नेछ।

नेपाल प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार निर्वाचन प्रयोजनका लागि झण्डै १ लाखको हाराहारीमा म्यादी प्रहरी भर्ना खुलाउने तयारी गरेको स्रोतले जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...