back

रहस्यमयी तरिकाले लामो भइरहेको छ दिन, वैज्ञानिकलाई थाहा छैन वास्तविक कारण

तपाईंको दिन रहस्यमयी तरिकाले लामो भइरहेको छ । अर्थात् धर्तीको दिनको समय विचित्र तरिकाले बढिरहेको छ र यसको कारण वैज्ञानिकलाई पनि थाहा छैन । यदि यस्तै भइरह्यो भने निकै भयावह स्थिति पैदा हुने बताइएको छ ।

विश्वभरका एटोमिक क्लक्सले गणना गर्दै पृथ्वीको दिनको समय रहस्यमयी तरिकाले बढिरहेको बताएको छ । यसले हाम्रो समयको गणनामा मात्रै नभई जिपिएस, नेभिगेसन र सञ्चारसम्बन्धी थुप्रै अन्य प्रविधिमा पनि समस्या निम्त्याउने ।

धर्तीको दिनको गणना यसको अक्षमा परिक्रमाद्वारा गणना गरिन्छ । तर धर्तीले आफ्नो अक्षमा घुम्ने गति लगातार बढिरहेको छ । पछिल्ला केही दशकदेखि हाम्रो दिन छोटो भइरहेको थियो ।

जून २०२२ मा सबैभन्दा छोटो दिनको रेकर्ड पनि गरियो । अर्थात्, पछिल्लो आधा शताब्दीमा यो सबैभन्दा छोटो थियो । तर यो रेकर्ड स्थापित भएपछि अब धर्तीले गति स्लो पारिरहेको छ । दिन लम्बिँदै छन् । यसको कारण वैज्ञानिकलाई पनि थाहा छैन ।

हाम्रो फोन वा घडीले यही २४ घण्टाको सटीक समय देखाइरहेको छ । तर पृथ्वीले २४ घण्टामा लगाउने चक्कर अब केही समय बढि लिइरहेको छ । साधारणतया यो परिवर्तन करोडौँ वर्षमा हुने गर्छ ।
यति छिटोछिटो होइन । यद्यपि, वैज्ञानिकका अनुसार यसको कारण धर्तीमा आउने भूकम्प र आँधी पनि हुनसक्छन् ।

करोडौँ वर्षदेखि धर्तीको घुम्ने गति मन्द भइरहेको छ । चन्द्रमाबाट निस्कने टाइड्सको घर्षण पनि यसको कारण हुन् । हरेक शताब्दीमा २.३ मिलिसेकेन्ड धर्तीको दिनको समयमा जोडिँदै छ । केही करोड वर्ष अघि धर्तीको दिन १९ घण्टाको मात्रै हुने गर्दथ्यो । तर पछिल्लो २० हजार वर्षदेखि दोस्रो प्रक्रिया सुरु भयो । त्यो पनि विपरित दिशामा । धर्तीको गति बढ्न थाल्यो । यो कुरा हो अन्तिम हिमयुगको जब ध्रुवीय बरफ पग्लिँदा सतहको दबाब कम भइरहेको थियो । धर्तीको मेन्टल बिस्तारै ध्रुवतिर सर्दै थियो ।

यो ठ्याक्कै त्यस्तै गतिविधि हो जस्तै कुनै ब्याले डान्सरले आफ्नो घुम्ने गति बढाउनका लागि आफ्नो हातलाई शरीरको नजिक राख्ने गर्छन् । ताकि उसले आफ्नो एक्सिस अर्थात् खुट्टामा तीब्र रुपमा गोलो तरिकाले घुम्न सकियोस् । हाम्रो धर्ती घुम्ने गति त्यतिबेला बढ्छ जब उसको मेन्टल, एक्सिस नजिकै पुग्छ । यसका कारण धर्तीको हरेक दिन ०.६ मिलिसेकेन्ड कम हुन्छ । धर्तीको एक दिनमा ८६,४०० सेकेन्ड हुन्छन् ।

पछिल्लो थुप्रै दशकदेखि धर्तीको आन्तरिक संरचना र सतहबीच एक सम्बन्ध बनेको छ । यदि कुनै ठूलै भूकम्प आयो भने यसले धर्तीको दिनको लम्बाईलाई परिवर्तन गरिदिन्छ । भलै अन्तर कम समयको होस् । जस्तै सन् २०११ मा जापानमा आएको ८.९ तीब्रताको भूकम्पले धर्तीको घुम्ने गतिलाई १.८ मिलिसेकेन्ड बढाइदिएको थियो । यो त ठूलो घटना भयो ।

यसका साथै यस्ता स–साना घटना भइरहन्छन् जसले धर्तीको दिनको समयलाई बदल्ने काम गर्छ जस्तै – जलवायु परिवर्तन, मौसम परिवर्तन आदि । यसले धर्तीको घुम्ने गतिलाई हरेक दिशाले प्रभावित गर्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...