back

घरबेटी बा! बन्द सटरको भाडा कसरी तिरौं ?

घरबेटी बा ! वर्षौ भएछ हजुरले भाडामा लगाएको सटरले पुरै मुख खोलेर सजिलै सास नफेरेको ! हेर्नुस् त ! घाँटिमा कसिएको लकडाउनको रसिले सास फेर्न गाह्रो हुँदा मुटु धडक धडक धड्किएको ! मुखमा लकडाउनको मालो लागेर तड्पिरहेको बेला तपाई अझै माग्दै हुनुहुन्छ, नाफाको हिस्सा ? भन्दै हुनुहुन्छ, तिर्नु छ घर बनाउँदाको किस्ता ?

“घरबेटी बा ! चुक्ता गर्न अझै बाँकी छ, व्यावसाय सुरु गर्न भनि साहूसँग लिएको ऋण । तिर्नु छ, तपाईले बैंकलाई तिर्ने भन्दा चर्को किस्ता(ब्याज) र उदारोमा लिएर तपाईको सटरभित्र थन्काईएका सामानको मूल्य । बेहोर्नु छ वर्षौ सम्म राख्दा म्याद नाघेका र कुहिएका सामानको नोक्सानी ।”

भैगो तिर्ने कुरा त जसोतसो मिलाउँला, अब त बिहान बेलुका छाक टार्न पनि गाह्रो भएको छ । हिजो काम चल्दा राखेका कामदारको चुलो बाल्नु पर्ने जिम्मेवारी पुरा गर्न धौ धौ भएको छ । हिजो मेरो, तपाईको र केही कामदारको परिवार धानेको सटर आज आफै सास फेर्न सकको छैन । आँखा चिहाउन सकेको छैन । घरबेटी बा ! पर्खनुस् न केही समय, अहिले सबै मिलेर यसलाई बचाउँ । भोली फेरीः हामीलाई पाल्ने हैसियत यथावत् राखिदिन मद्दत गरिदिनु न ।

आज तपाईले लकडाउनको रसिलाई बन्द सटरको भाडामा झुण्डाईदिनु भयो भने भोली यसले मलाई मात्र हैन म, तपाई र मेरा कामदारकोे जिवन अझ कठिन गराउने छ । सायद बन्द सटरले आफु सटर भएकै कारण प्रतिफल दिने भए तपाईले यसलाई भाडामा दिनु पर्ने थिएन । हिजो हामीलाई मिष्ठान्न भोजन प्रदान गर्ने सटर आज म र मेरा कामदारले आफ्नो गास कटाएर पाल्ने सोचेका छौँ, किस्ता तिरेकै छौँ ।यहि सटर खोलेर गरेको व्यावसायको नाफाले घर–परिवार, व्यवसाय ,परिवार,कामदार पालेर पनि तपाईको घरको भाडा तिरेको थिए । अहिले यो बन्द छ ।

घरबेटी बा ! अब तपाई आफै भन्नुस त यो बन्द सटरको भाडा म कसरी तिरौँ ?
तपाई पनि सरकार जस्तो निर्दयी नबनिदिनुस् न !

कोभिड–१९ को कारणले गतबर्ष पनि लामो समय लकडाउनको सामना गरेर धेरै नोक्सानी व्यहोरेको नीजि क्षेत्र पुनः सुरुवातीको चरणमा पुगेर पुनह तहसनहसको बाटोतिर अग्रसर भएको देखिन्छ । अहिले बन्द सटरको भाडा, बन्द अबस्थामा रहेका गोदामहरु, व्यबसायीक घरहरुको भाडा नै चिन्ताको विषय बनेको छ । साना व्यावसायीका लागि सरकार एक मुखदर्शक बनेर बसेको छ । कोभिड संक्रमणको जोखिम र आर्थिक अभावका कारण जनजीवन अस्त व्यस्त हुन थालेको छ भने नीजि क्षेत्र झनबढी मारमा परेका छन् । यस्तो कठिन अवस्थामा पनि राजनीतिको नाममा लाजनीति मौलाएको छ । बैंकबाट कर्जा लिएर व्यबसाय गरेकाहरु अझ बढी तनाबमा छन् । पसल, कार्यालय बन्द छ, घरभाडा तिर्नै पर्ने छ, सके अहिले नै नभए खुलेपछि भएपनि । सरकारले बैशाख मसान्तसम्म बन्द गर्ने घोषणा गरेको छ । यद्यपी, यो अवधि थप गनु पर्ने अनुमान छ ।

भर्खर अलिअलि खुल्न थालेका बानेश्वोर , न्यूरोड, पुतलीसडक सुन्धारा लगायत सपिङ कम्प्लेक्स र व्यबसायहरु पुन संकटतिर धकेलिएका छन् । त्यस्तै ट्राभल / ट्रेनिङ इन्स्टिच्यूट, कन्सल्टेन्सी, मेनपावर, इभेन्ट म्यानेजमेन्ट, पार्टी प्यालेसहरु, फिल्म हलहरु, नाट्य क्षेत्रहरु, रात्रीकालीन मनोरंजन क्षेत्र सबैभन्दा बढी लामो समयदेखि ठप्प छन् ।

मानिसहरु भेला हुन नसक्ने अबस्थाले गर्दा पार्टी प्यालेशहरु यसअघि नै बन्द भइसकेका छन् । पाँचतारे होटलहरु समेत बन्द हुने अबस्थामा छन् । अन्नपूर्ण होटल बन्द भइसकेको छ भने अरु करोडौं घाटामा संचालीत छन् । समस्या सबैतिर छ, सबैको छ ।

तर , विशेषगरी भाडामा व्यबसाय संचालन गर्ने र गरीखाने वर्गको भने कतिपयको उठीबास नै लागिसकेको छ भने कतिको यो लकडाउने सोही दिशा निर्देशित गरेको छ । नीजि क्षेत्रमा जागिर गर्ने कैंयौंको धरापमा छ । जसलाई सरकारले महत्व नै दिएको छैन । यसले ब्यापार ब्याबसाय गरेर आफ्नो कर्म गरिरहेका ब्यापारि ब्याबसायिहरु बन्दाबन्दी लम्बिदै जाँदा अप्ठ्यारोमा पर्ने छन् । यसअघिको लकडाउनका कारण ऋण थप गरेका कारण कैंयौको ऋण थप्ने अबस्थामा समेत नहरहने अबस्था छ ।

सरकारले नीजि क्षेत्रका यी व्यावसायीको समस्या नबुझिदिदाँ बिचको लकडाउनमा कतिपय बैंकहरुले किस्ताको लागि र कर्जा चुक्ताको लागि लिलामी प्रकृया नै अगाडी बढाए ।कतिपय व्यावसायीले गोदाम तथा सटर भाडा तिर्न नसकेकै कारण व्यावसायीक जिवन नै त्याग्नु परेको छ । यसमा सरकार भने अझै मुखदर्शन नै देखिन्छ । यसरी नै जारी लकडाउनमा साना तथा नीजि व्यावसायीलाई सरकाले समस्या अनुरुपको राहत प्रदान नगर्ने हो भने भविष्यमा प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको ‘सुखि नेपाली समृद्ध नेपाल’को नारालाई परिस्थितिले कमेडीको उपमा दिने निश्चित छ । त्यसैले नीजि व्यावसायीको समस्या सरकारको चासोको बिषय बनोस ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो आन्तरिक कोष व्यवस्थापन अन्तर्गत...

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०१

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजार र...

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५३

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक नीति तथा कानुनी सुधारलाई...

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको...

सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार ११:४६

काठमाडौं । नेपाली बजारमा सुनचाँदीकोे मूल्यमा बढेको छ । नेपाल...

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

वि.सं.२०८३ वैशाख २९ मंगलवार ११:४३

लिस्बन । यो वर्ष टङ्क सापकोटा पोर्चुगल आएको ३० वर्ष...