कोरोना संक्रमितको उपचार गर्न सक्दैनौँ भन्दै उपत्यकाका यी चार अस्पतालले उठाए हात
वि.सं.२०७८ वैशाख २६ आइतवार
२६ वैशाख, काठमाडौ–काठमाडौँ उपत्यकाका ४ अस्पतालले कोरोना संक्रमितको उपचार गर्न नसक्ने भन्दै विज्ञप्ति जारी गरेका छन् । अक्सिजन आभावको कारण देखाउँदै अब बिरामी भर्ना गर्न नसकिने बताएका हुन् ।
मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु र हेल्पिङ ह्याण्ड्स अस्पतालले संयुक्त वक्तव्य नै जारी गर्दै मेडिकल अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न सहज नभएकोले संक्रमितलाई भर्ना गरी उपचारलाई निरन्तरता दिन नसक्ने जनाएका छन्। शनिबारदेखि उनीहरुले यस्तो घोषणा गर्दै अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म सीमित शय्यामा मात्र सेवा दिने बताएका छन्।

प्रकाशित समय : ०७:१९ बजे





















