back

यो हो विश्वकै अग्लो मोटरबेल सडक उम्लिङ–ला, पर्यटकको चाप ह्वात्तै बढ्यो

nactional life

काठमाडौं । भारतको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले जम्मु कश्मीरको लद्दाख क्षेत्रमा अवस्थित उम्लिङ–लामा मोटरेबल सडक निर्माण गरेको छ ।

सडक समुद्री सतहबाट १९ हजार ३ सय फिट उचाईमा रहेको छ । यो सडक विश्वकै सबैभन्दा अग्लो स्थानमा अवस्थित सडक हो । उम्लिङ–ला चाहिं १९ हजार ३ सय फिटमा अवस्थित छ ।

उम्लिङ ला पास हुँदै जाने यो सडक ५२ किलोमिटर लामो छ र चिसुम्ले गाउँलाई डेमचोक गाउँसँग जोडेको छ । यसको निर्माणमा ६ वर्षको समय लागेको थियो ।

उम्लिङ–ला सडक गत भदौमा सञ्चालनमा आए तापनि कोभिडको प्रतिबन्ध र हिमपातका कारण पर्यटक आगमनमा कमी आएको थियो, तर यस वर्ष उक्त सडकमा पर्यटकको चाप ह्वात्तै बढेको छ ।

उम्लिङ लामा सडक निर्माण हुनु भन्दा पहिला लद्दाखको खार्दुङ–लामा बनेको सडक विश्वकै अग्लो मोटरेबल सडक थियो । यो सडक १८ हजार ३८० फिट उचाईमा बनाइएको थियो ।

खार्दुङ–लामा बनेको सडकलाई चीनको दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको छ । यो सडक निर्माण गरेर भारत, चीन र पाकिस्तानसँगको सीमामा सुरक्षा प्रदान गरेको छ ।

यो सडक गत भदौमा औपचारिक रुपमा सञ्चालनमा आएको थियो । लद्दाख अटोनोमस हिल डेभलपमेन्ट काउन्सिलका अधिकारी सोनम नोर्बुले सीमा क्षेत्रमा निर्माण भएको उक्त सडकले सीमाको सुरक्षा प्रदान गर्नुका साथै लद्दाखका जनताको राम्रो जीवनयापनका लागि पनि यो सडक वरदान सावित भएको जानकारी दिएका छन् ।

विश्वकै सबैभन्दा अग्लो सडकबाट भारतको सीमा सुरक्षालाई थप मजबुत बनाएको छ । सैन्य दृष्टिकोण उमलिङ–लामा बनाइएको ५२ किलोमिटर लामो सडकले पूर्वी लद्दाखको चुमार सेक्टरका धेरै शहरलाई जोडेको छ ।

उम्लिङ–ला वर्षको अधिकांश महिना हिउँले ढाकिएको हुन्छ । यहाँको तापक्रम हिउँदमा सबैभन्दा कम माइनस ४० डिग्रीसम्म पुग्छ र अक्सिजनको स्तर ५० प्रतिशतभन्दा कम हुन्छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...