back

नेपाली सोरुममा आइपुग्यो निकै नै लोकप्रिय नेक्सन ईभीको डार्क एडिसनः खुल्यो बुकिङ, यस्ता छन् फिचर्स,  कति छ मूल्य ?

nactional life

काठमाडौं । टाटा मोटर्सको निकै नै लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको डार्क एडिसन नेपाली सोरुममा आइपुगेको छ ।

हाल कारोबार भैरहेको रेगुलर मोडलको स्पेशल एडिसन यो कार एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी कुल दुई भेरिएन्टमा नेपाल आएको हो ।

रेगुलर भेरिएन्टको तुलनामा २ लाख रुपैयाँ बढी मूल्य राखेर यसको बुकिङ समेत खुल्ला गरिएको छ ।

जसको मूल्य ४२ लाख र ४४ लाख रुपैयाँ निर्धारण गरिएको छ । यसको रेगुल भेरिएन्टमा एक्सजेड प्लसको ४० लाख र एक्सजेड प्लस लक्जरीको ४२ रुपैयाँमा करोबार भैरहेको छ ।

टाटा मोर्टर्सले यो कारलाई ब्ल्याक कलर थिममा डिजाइन गरेको छ । यसको भित्री र बाहिरी दुवै भागमा आकर्षक तवरले कालो रङलाई समायोजन गरिएको हो ।

कारको ड्यासवोर्डलाई पियानो ब्ल्याक कलर र सिट लगायत अन्य इन्टेरियर फिचर्सलाई डार्क थिममा सजाइएको छ । ब्याट्री, मोटर र अन्य मेकानिकल पक्ष भने रेगुलर मोडललाई निरन्तरता दिइएको छ ।

यो कारमा ३०.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री र ९५ किलोवाट क्षमताको पीएसएमएस मोटर जडान गरिएको छ । रेगुल मोडलमा जस्तै यसमा पनि ३.३ किलोवाट क्षमताको अनवोर्ड चार्जर पाउन सकिन्छ ।

यो कारमा स्मार्ट रिजेनेरिटिभ व्रेकिङ सिस्टम समेत उपलब्ध छ । पावर तथा टर्कको कुरा गर्नुपर्दा यो कारले १२९ पीएसको पावर र २४५ एनएमको टर्क जेनेरेट गर्छ ।

यो स्पेशल एडिसनमा एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी टेलल्याम्प, एलईडी डे टाइम रनिङ लाइट, ७ इन्चको टीएफटी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ७ इन्चकै फ्लोटिङ इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषता दिइएको छ । एक्सजेड प्लस लक्जरीमा भने सनरुफ समेत उपलब्ध रहेको छ ।

यस्ता छन् फिचर्स
साथै यसमा रियर एसी भेन्ट, कुल्ड ग्लोब बक्स, रियर सेन्ट्रल आर्मरेष्ट, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, २०५ एमएम ग्राउन्ड क्लियरेन्स र सनरुफ उपलब्ध छ ।

सेफ्टी फिचर्स अन्तर्गत यसमा ईबीडी सहितको एबीएस, हिल एसेन्ट र हिल डिसेन्ट कन्ट्रोल, कर्नरिङ स्टेबिलिटी कन्ट्रोल, डाइनामिक गाइड लाइनसहितको रिभर्स पार्किङ क्यामेरा र ड्युअल फ्रन्ट एयरब्याग दिइएको छ ।

यो कारलाई एसी चार्जरको सहायतामा फुल चार्ज गर्न ८.५ घन्टा लाग्छ भने डिसी फास्ट चार्जरको सहायतामा एक घन्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । फुल चार्ज गरेपछि ३१२ किलोमिटर सम्मको यात्रा तय गर्न सकिने दावी गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...