back
nactional

मानुषीले काठमाडौंबाट चुनाव लड्ने: के भन्छिन् उनि/कस्तो छ तयारि?

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई आउँदो आम निर्वाचनमा काठमाडौंबाट उम्मेदवार लड्ने भएकी छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ वडा ७ मध्ये एउटा क्षेत्रबाट प्रतिनिधिसभा निर्वचनमा उम्मेदवार बन्ने उनको तयारी छ । भट्टराईले आफूलाई चुनाव लड्न प्रस्ताव आएको र आफूले स्वीकारेको बताइन् ।

‘पार्टीभित्र पनि युवा अगाडि आउनुपर्‍यो, व्यवस्थापिकामा उपस्थिति जनाउनु पर्‍यो, अलि तयारी गर्नु पर्‍यो भन्ने सुझाव आयो’ उनले भनिन्, ‘म तयारै छु भन्ने खालको कुरा मैले राखेँ ।’

आफ्नो उम्मेदवारीको विषय प्रारम्भिक छलफलमा रहेकाले कुन निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भन्ने नटुंगिएको उनको भनाइ छ । ‘प्रारम्भिक छलफल भर्खर सुरु भएको छ । साथीहरुले निर्वाचन क्षेत्र नम्बर ५ अथवा ७ भन्नुभएको छ । छलफल गरेर टुंग्याउने कुरा भएको छ’ भट्टराईले भनिन् ।

यसअघि २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीकी नेता तथा मानुषीकी आमा हिसिला यमी काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित भएकी थिइन् । तर २०७० सालको संविधानसभामा सोही क्षेत्रमा पराजित भएकी थिइन् । त्यसपछि भने हिसिलाले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेकी छैनन् ।

मानुषीका बाबु डा. बाबुराम भट्टराई भने २०६४ र २०७४ को निर्र्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भए भने २०७० सालमा गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

हाल जसपाको केन्द्रीय सदस्य रहेकी मानुषी संसदलाई राजनीतिक संस्कारयुक्त बनाउन आफू चुनाव लड्न चाहेको बताउँछिन् । निर्वाचनमा दलको उम्मेदवार बन्ने वा स्वतन्त्र उम्मेदवारी दिने भन्ने प्रश्नमा मानुषीले आफू संगठित राजनीतिमा विश्वास गर्ने बताइन् । ‘म त संगठित राजनीतिमै विश्वास राख्ने मान्छे हुँ,’ उनको भनाइ छ, ‘एक्लै–एक्लै पनि सबै चिज सम्भव हुँदैन ।’

सामाजिक न्यायका विषयमा भने पार्टीभित्र र बाहिरका नयाँ पुस्तासँग सकार्य हुने उनको भनाइ छ ।

राजनीतिमा पुस्तान्तरण मागेर नहुने भन्दै त्यसका लागि पार्टीभित्रै विद्रोहको आवश्यता रहेको मानुषीले बताइन् । ‘पुस्तान्तरण भन्ने चिज कसैले गरेर हुने होइन,’ उनी भन्छिन्, ‘यसका लागि पार्टीभित्रै विद्रोह हुन्छ । म त्यसको पक्षमा हुँ । हामी आफैंले पहल गरेर हुने हो । क्षमता प्रदर्शन गरेर नै हामी लिन सक्ने ठाउँमा पुग्नुपर्छ भनेर नै म तयारीमा लागेको हो ।’

हाल सत्तारुढ गठबन्धनमा रहेको जसपाले गठबन्धनभित्र निर्वाचन क्षेत्र भागवण्डामा काठमाडौंको निर्वाचन क्षेत्र नपाए के गर्ने भन्ने प्रश्नमा मानुषी आफू ‘पालो आउला र खाउँला’ भन्ने पक्षमा नरहेको बताउँछिन् ।

‘कुनै बेला पालो आउला र खाउँला भन्ने पक्षमा म छैन,’ उनी भन्छिन्, ‘हामी आफैंले मेहनत गर्ने हो । हामी आफैंले आह्वान गर्ने हो । जनताका मुद्दामा बोल्ने हो त्यसकै पहलमा जित्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ ।’

उनले थपिन्, ‘गठबन्धन, आदि, इत्यादि भनेको राजनीतिक दलको शीर्ष तहबाट आवश्यकता महसुस गरेर गर्दै गर्नुहोला । तर, म चाहिँ राजनीतिलाई त्यसरी मात्रै डोर्‍याउनुपर्छ भन्ने पक्षमा छैन ।’

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । ...

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय...

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:५३

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा...

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:४४

काठमाडौं । प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने...