back

खोटाङकी पहिलो महिला मेयरको पहिलो निर्णयः अशक्तको नि:शुल्क स्वास्थ्य बिमा

nactional life

खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नयाँ मेयर निर्वाचित भएर आए लगत्तै शारीरिक रूपमा अशक्त, एकल नागरिक र अभिभावक विहीन बालबालिकाको लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ ।

नवनिर्वाचित मेयर विमला राईले सोमबार पदभार ग्रहण लगत्तै एकल महिला, एकल पुरुष, बिधुवा, विधुर, ‘ख, ग र घ’ वर्गको अपाङ्गता भएका नागरिक तथा अभिभावक विहीन बालबालिकाको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका (ग) वर्गको अपाङ्गता भएका रमला राई र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका विदुर दर्जीमान परियारलाई निःशुल्क स्वास्थ्य बिमाको कार्ड हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गरिएको छ ।

एक पटक स्वास्थ्य बिमा गरेपछि वार्षिक न्यूनतम ३ हजार ५०० रुपैयाँ तिरेर स्वास्थ्य बिमा कार्ड नवीकरण गर्ने व्यवस्था छ । तर शारीरिक रूपमा अशक्त, एकल नागरिक र अभिभावक गुमाएका बालबालिकाको स्वास्थ्य बिमाको नवीकरण नगरपालिकाकोतर्फबाट गर्ने व्यवस्था मिलाइएको नवनिर्वाचित मेयर राईले बताइन् । नगर अस्पताल निर्माण गरेर आफ्नै नगरपालिकामा स्वास्थ्य बिमा बापतको स्वास्थ्य सेवा उपलब्ध गराउने गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अघि सारिएको जनाइएको छ ।

११ वडा रहेको नगरपालिकामा एकल महिला र बिधुवा ७ सय जना छन् । (ख) वर्गका अपाङ्गता भएका व्यक्ति ११७ जना, (ग) वर्गका अपाङ्गता भएका व्यक्ति ६८ जना र (घ) वर्गका अपाङ्गता भएका व्यक्ति ६३ जना छन् । विदुर र अभिभावक विहीन बालबालिकाको संख्या संकलन भइरहेको मेयर राईले बताइन् ।

नगर योजना आयोग गठनको प्रस्ताव

मेयर राईले पदभार ग्रहण लगत्तै नगर योजना आयोग गठन, विज्ञ समूहद्वारा नगर स्तरीय सम्पदा तथा संस्कृति संरक्षण परिषद् गठन सम्बन्धी अवधारणा विकास गर्ने योजना अघि सारेकी छन् । यस्तै, नागरिक माथि शासनका लागि प्रशासन होइन, आधुनिक प्रविधि व्यवस्थापन प्रणालीमार्फत सेवा प्रवाह सहित संस्थागत संरचनाको विकास गर्ने, प्राविधिक शिक्षालाई जोड दिँदै केही आधारभूत विद्यालय तहमा अंग्रेजी माध्यमबाट पठन–पाठनको सुरुवात गर्ने प्रस्ताव गरेकी छन् ।

पाँच बुँदे योजनामा नगरका नागरिकलाई कृषि, पर्यटनमा संलग्न गराउँदै कपास खेती, पशुपालन क्षेत्रमा स्वरोजगार बनाइने भनिएको छ ।

२०७४ सालमा उपमेयर विजयी भएकी राई यसपल्ट मेयरमा विजयी भएकी हुन् । मेयर राईले सोमबार उपमेयर रमेश राउत, वडाध्यक्ष लगायतलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वि.सं.२०८३ असार २ मंगलवार १२:१४

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले वर्षौंदेखि...

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने : असार ५ गते शुभारम्भ 

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने : असार ५ गते शुभारम्भ 

वि.सं.२०८३ असार २ मंगलवार ०८:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म हरेक...

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

वि.सं.२०८३ असार १ सोमवार १२:४९

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ...

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

वि.सं.२०८३ असार १ सोमवार १२:४१

इलाम । इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो...

काठमाडौँ महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)

काठमाडौँ महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:१७

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक...

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति...