back

जनताले भारी मतले जिताएको छ, भारी काम गरेर देखाउँछुः नगर प्रमुख

nactional life

सप्तरी। नगरपालिका प्रमुख, उपप्रमुख तथा सम्पूर्ण जनप्रतिनिधिले सोमबार सपथ ग्रहण र पदभार ग्रहण गरेका छन् ।

प्रमुख निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले नगरप्रमुख भिमराज यादवलाई र यादवले उपप्ररमुख,वडा अध्यक्ष तथा सदस्यहरूलाई सपथ ग्रहण गराए ।

सपथ ग्रहण गरि पदभार सम्हाल्दै नगर प्रमुख यादवले आफूलाई जनताले भारी मतले जिताएकोले आफूले नगरवासीका लागि भारी काम गरेर देखाउने बताए ।

उनले राजविराज नगरपालिकामा ६० बिगाहामा लालपुर्जा बिना बसोबास गर्दै आएको जनतालाई लालपुर्जा एक वर्ष भित्र उपलब्ध गराउने बताए ।
राजविराजका विद्यालयहरूको अवस्था दयनीय रहेकोले चाँडोभन्दा चाँडो सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राजविराजलाई सुन्दर, सफा शहर बनाउन फोहर मैला व्यवस्थापन गर्ने,सहरमा रहेको अतिक्रमण हटाउन २१ जना प्रहरी न्युक्ति गर्ने, राजविराजवासीलाई बजार आबतजावत गर्न निशुल्क बस सेवा संचालनमा ल्याउने समेत प्रतिबद्धता प्रमुख यादवको थियो ।

नगरपालिकाका दुईजना उत्कृष्ट विद्यार्थीलाई नगरपालिकाले निशुल्क एमविविएस पढाउने , नगरपालिकामा भइरहेका बिकृतिलाई न्यूनिकरण गर्न मुख्य बजारको सडकमा मात्र नभएर टोल टोलमा सिसिक्यामरा जडान गर्ने यादवको प्रतिवद्धता थियो ।

विपन्न साढे तीनहजार परिवारको नि:शुल्क स्वास्थ्य बिमा गर्ने, पार्कको व्यवस्थापन, गजेन्द्रनारायण सिंह अस्पताल व्यवस्थित गर्ने, गरिबलाई नि:शुल्क उपचारको व्यवस्था गर्ने उनले दाबी गरे ।

त्यसैगरी किसानलाई सुलभ रूपमा खाघको व्यवस्था, बिउँमा ५० प्रतिशत छुटमा व्यवस्था, बर्षौदेखि पूरा हुन नसकेका राजविराज बसपार्क ६ महिना भित्र निर्माण कार्य सम्पन्न गराई संचालनमा ल्याउने,छात्रावास छिटोभन्दा छिटोभन्दा संचालनमा ल्याउने,रामराजा सिंह प्रतिषठान अविलम्ब निर्माण गर्ने लगायत प्रतिबद्धता व्यक्त गरे।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वि.सं.२०८३ असार २ मंगलवार १२:१४

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले वर्षौंदेखि...

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने : असार ५ गते शुभारम्भ 

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने : असार ५ गते शुभारम्भ 

वि.सं.२०८३ असार २ मंगलवार ०८:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म हरेक...

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

वि.सं.२०८३ असार १ सोमवार १२:४९

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ...

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

वि.सं.२०८३ असार १ सोमवार १२:४१

इलाम । इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो...

काठमाडौँ महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)

काठमाडौँ महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:१७

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक...

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति...