back

६२५ पालिकामध्ये कुन पार्टीको कति स्थानमा अग्रता ? [विवरणसहित]

काठमाडौँ। आइतबार बिहान १० बजेर ३० मिनेटको सम्मको डाटा हेर्दा ६ सय २५ स्थानीय तहमा मतगणना जारी रहेको छ ।

काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, वीरगञ्ज र पोखरा गरी सबै महानगरमा मतगणना जारी रहेको छ । त्यस्तै, ११ वटै उपमहानगरपालिकामा पनि मतगणना भइरहेको छ ।

पछिल्लो मतगणना अपडेटअनुसार नेपाली कांग्रेसले पालिका प्रमुख/अध्यक्षमा २ सय ६५ स्थानीय तहमा अग्रता लिइरहेको छ ।

कांग्रेसलाई एमालेले प्रमुख/अध्यक्षमा १ सय ८२ स्थानीय तहमा अग्रता लिएर पछ्याइरहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ । माओवादीले प्रमुख/अध्यक्षमा १ सय ७ स्थानीय तहमा अग्रता लिएको छ ।

चौथो स्थानमा जनता समाजवादी पार्टी रहेको छ । उसले २६ स्थानीय तहका अध्यक्ष/प्रमुखमा अग्रता बनाएको छ ।

एकीकृत समाजवादी पार्टीले भने १२ स्थानीय तहका प्रमुख/अध्यक्षमा अग्रता लिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले ६ स्थानीय तहका प्रमुख/अध्यक्षमा अग्रता लिइरहेको छ ।

स्वतन्त्र र अन्य राजनीतिक दलले २७ स्थानीय तहका प्रमुख/अध्यक्षमा अग्रता बनाएका छन् ।

उपप्रमुख/उपाध्यक्षमध्ये पनि कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसले २ सय २३ स्थानीय तहका उपप्रमुख/उपाध्यक्षमा अग्रता लिएको छ । उपप्रमुख/उपाध्यक्षमा अग्रता लिने दोस्रो स्थानमा एमाले रहेको छ । एमालेले १ सय ९७ स्थानीय तहका उपप्रमुख/उपाध्यक्षमा अग्रता लिएको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) १ सय २५ स्थानीय तहका उपप्रमुख/उपाध्यक्षमा अग्रता लिइरहेको छ ।

एकीकृत समाजवादीले १७, जसपाले २३, लोसपाले ६ र अन्य तथा स्वतन्त्रले २२ स्थानीय तहका उपप्रमुख/उपाध्यक्षमा अग्रता लिएका छन् ।

हालसम्म २० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमध्ये अग्रस्थानमा एमाले रहेको छ । एमालेले ८ स्थानीय तहका प्रमुख/अध्यक्षमा जित हासिल गरेको छ । त्यस्तै, कांग्रेसले ७, माओवादीले ३ र एकीकृत समाजवादीले २ स्थानीय तहका प्रमुख/अध्यक्ष पदमा जित हासिल गरेको छ ।

उपप्रमुख/उपाध्यक्षतर्फ कांग्रेसले ८ स्थानीय तहमा जित हासिल गरेको छ । एमालेले ७, माओवादीले २, एकीकृत समाजवादीले २ र अन्यले २ स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०७

 काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन...

सभामुख अर्यालले पेलेर अघि बढाए संसद, विपक्षीले गरे वेल घेराउ

सभामुख अर्यालले पेलेर अघि बढाए संसद, विपक्षीले गरे वेल घेराउ

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०४

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध...

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:३६

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर...

लगातार दुई कार्यकालको अनुभवसहित महासङ्घको कोषाध्यक्षमा अम्बिका पौडेलको उम्मेदवारी घोषणा

लगातार दुई कार्यकालको अनुभवसहित महासङ्घको कोषाध्यक्षमा अम्बिका पौडेलको उम्मेदवारी घोषणा

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:२९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को आगामी जेठ...