मतपेटिका सुरक्षितरुपमा गणनास्थलमा लगिँदै कामपाको राष्ट्रिय सभागृह र ललितपुरको जावलाखेलमा गणना हुने
वि.सं.२०७९ वैशाख ३० शुक्रवार
काठमाडौं। स्थानीय तह निर्वाचनअन्तर्गत आज मतदान सकिएको छ। सुरक्षाकर्मी र निर्वाचन कर्मचारीको संयोजनमा नेपाली सेनाले मतपेटिका सुरक्षित रुपमा मतगणना स्थलमा ढुवानी गरिरहेको छ।

काठमाडौं महानगरपालिकामा राष्ट्रिय सभागृहमा मतगणना हुँदैछ। त्यसैगरी ललितपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय जावलाखेलमा मतगणना हुँदैछ।
महानगरपालिकाभित्रका मतदान केन्द्रबाट मतपेटिका नेपाली सेनाले गतगणना स्थलमा ढुवानी गरिरहेको छ।
निर्वाचन आयोगले २० प्रतिशत मतगणना आजै रातिदेखि सुरु हुने जनाएको छ।
प्रकाशित समय : १९:१७ बजे






















