back

यति एयरको बेतिथि (प्रमाणसहित): समय अगावै जहाज उडाउँदा यात्रु छुटे, बाँके प्रशासन लेख्यो कारबाही पत्र

जुम्ला। नेपालगन्जदेखि जुम्लामा आउने यति एयरलाइन्सको जहाज समय अगावै उडाउँदा यात्रु छुटेका छन् । जुम्लाका लागि नेपालगन्जबाट अनलाइन टिकट काटेर बसेका चन्दननाथ नगरपालिका-७ जुम्ला निवासी गोविन्दबहादुर महतले छुटेका हुन् ।

उनी अनलाइन टिकट काटेर नेपाल नेपालगन्जबाटको काउण्टरमा पुगेका थिए । उनले काटेको जहाजको टिकटमा एक बजे समय तोकिएको थियो । तर, जहाज समय अगावै जुम्ला उडाइएको भन्दै बाँके प्रशासनमा निवेदन दिएका थिए । उनले दिएको निवेदनको सुनुवाइ गर्दै बाँके प्रशासनले कारबाही गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र काटेको गरेको छ ।

बाँके जिल्ला प्रशासनले नागरिक उड्डयन प्राधिकरण नेपालगन्जलाई मंगलबार आवश्यक कारबाही गर्नभन्दै पठाएको पत्र काटेको हो । उक्त पत्रमा भनिएको चन्दननाथ नगरपालिका- ७ जुम्ला बस्ने गोविन्दबहादुर महतले दिएको निवेदनको दर्ता नम्बर ३८६७ मिति २०७८ वैशाख २७ मा जहाजको टिकटलगायत कागजातको छायाप्रति यसैसाथ संलग्न गरी आवश्यक कारबाहीको लागि पठाइएको भन्दै आदेश गरिएको छ ।

त्यस्तै निवेदक महतले आफू काठमाडौंबाट नेपालगन्ज आएको, जुम्लाका लागि ईटिकट काटेर वोडिङसमेत गरिसकेको अवस्थामा समय अगावै जहाज उडेको भन्दै उनले कारबाहीका लागि निवेदन दिएका छन् ।

टिकटमा एक बजेको समय दिइएको भए पनि जहाज समय अगावै उडेको उनले बताएका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

‘भानु साहित्य उद्यान’ निर्माणले विश्वभरका नेपालीभाषीलाई जोड्ने, पर्यटनलाई टेवा पुग्ने

‘भानु साहित्य उद्यान’ निर्माणले विश्वभरका नेपालीभाषीलाई जोड्ने, पर्यटनलाई टेवा पुग्ने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४०

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र उनको जन्मथलो...

जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने

जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:२९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:००

काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक सञ्चालनको...

दुई चारतारे होटलसँग पौवाको सम्झौता, नेपाली आतिथ्यताको विस्तार गर्ने लक्ष्य

दुई चारतारे होटलसँग पौवाको सम्झौता, नेपाली आतिथ्यताको विस्तार गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:२८

काठमाडौं । नेपाली हस्पिटालिटी क्षेत्रको अग्रणी ब्रान्ड होटल पौवाले एकै...

ललितपुरका सम्पदामा कानुनी जटिलता, पर्यटन प्रवद्र्धनमा बाधा

ललितपुरका सम्पदामा कानुनी जटिलता, पर्यटन प्रवद्र्धनमा बाधा

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:३०

काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रमुख चिरिबाबु महर्जनले नेपालको ऐतिहासिक...

नेपालको एक मात्र रेल्वे अस्तव्यस्त (तस्विरहरु)

नेपालको एक मात्र रेल्वे अस्तव्यस्त (तस्विरहरु)

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:२२

नेपालको एक मात्र ट्रेन ९रेल्वे०को अवस्था अस्तव्यस्त बनेको छ ।...