back

महानगरको नेतृत्व अक्षम भयो, अब हामी काम गर्छौं : घुसखोरीको अखडा बनेको छ हामी महानगरभित्र सुशासन के हो भन्ने देखाइदिने छौं श्रेष्ठ

काठमाडौं। सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरको उपप्रमुखको उम्मेदवार रहेका रामेश्वर श्रेष्ठले यसअघिको नेतृत्व अक्षम रहेको आरोप लगाएका छन् ।

आज (शुक्रबार) राजधानीको शान्तिबाटिका गठबन्धनले गरेको संयुक्त सभामा श्रेष्ठले आफूहरुले काम गरेर देखाउने दाबी गरे। ‘अहिलेको नेतृत्व असक्षम भयो, नेतृत्वले काम गर्न सकेन,’ उनले भने, ‘हामी काम गर्छौं भनेर आएका छौं।’

वितेका पाँच वर्षमा महानगरमा सुशासन नभएको भन्दै अब त्यो काम गरेर देखाउने दाबी उनले गरे ‘महानगरभित्र कुनै सुशान छैन,’ श्रेष्ठले भने, ‘महानगर भित्र छिर्यो कि आजको कामलाई भोलि, भोलिको पर्सी भन्छ । घुसखोरीको अखडा बनेको छ महानगर पालिका छ। हामी महानगरभित्र सुशासन के हो भन्ने देखाइदिने छौं ।’

महानगरभित्र ९९ सामुदायिक विद्यालय रहेको र यसअघिको त्यसमा ध्यान नदिएको भन्दै आफूहरुले अब त्यसलाई गुणस्तरीय र प्रविधियुक्त बनाउने दाबी गरे।

मुख्य सहरको भाषा, संस्कृति, सम्पादाको रक्षा गर्नुपर्ने उनको भनाइ छ। जेष्ठ नागरिकलाई भत्ता मात्रै नभइ माया समेत चाहिने भन्दै उनले आफूले त्यसको पहल गर्ने प्रतिवद्धता जनाए।

‘घरमा जेष्ठ नागरिक बसेको हुन्छ,’ श्रेष्ठले उनले, ‘चार हजार जेष्ठ नागरिक भत्ता त दियौं तर माया दिन सकेन । उनले भने हामी हेरचार केन्द्र खोलेर माया, ममता दिन पनि चाहान्छौं ।’

शान्तिवाटिकामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले ५ दलीय गठबन्धन बन्नुमा केपी ओलीको अहंकार मुख्य कारण रहेको भन्दै अहंकारीलाई निर्वाचनबाट पराजित गर्नुपर्ने बताए ।

उनले थपे काठमाडौंका जनताले स्थानीय निर्वाचनमा अहंकारीलाई परास्त गर्ने बताए ।

एमाले नेतृत्वको महानगरले जनताको करको पैसा फिक्स डिपोजिटमा राखेर निष्क्रिय बनाएको भन्दै श्रेष्ठले गठबन्धनले जितेपछि त्यो पैसा झिकेर जनताको सेवामा लगानी गर्ने बताए ।

 

 

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...