काठमाडौंमा संयुक्त रुपमा अगाडि बढ्नुस् : माधवकुमार नेपाल

वि.सं.२०७९ वैशाख २३ शुक्रवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकामा संयुक्त रुपमा चुनावी अभियान चलाउन आग्रह गरेका छन् ।
सत्ता गठबन्धनमा भाएको भागवण्डाअनुसार कांग्रेसकी सिर्जना सिंहले मेयर र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उपमेयरको उम्मेदवार छन् । तर वडा तहमा तालमेल नभएका कारण संयुक्त चुनावी अभियान सञ्चालन हुन सकेको छैन ।
आज (शुक्रबार) काठमाडौंमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘संयुक्त रुपमा अगाडि बढ्नुस् । नभए तरंग पैदा गर्न सकिंदैन ।’
वडा तहमा तालमेल हुन नसकेकोमा असन्तुष्टि जनाएका छन्। कुनै वडामा एउटा त कुनैमा दुइटा पार्टीको मात्र तालेमल भएको भन्दै उनले भने, ‘मिलाउनै पर्थ्यो, मिलाउन सकेनौं ।

प्रकाशित समय : १७:२२ बजे