back

जब पाइलटले भेउ नपाउँदा जहाज धावनमार्गमा रोकिएपछि…

काठमाडौं । आज (बिहीबार) गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरण गरिसकेको नेपाल एयरलाइन्सको वाइडबडी ए३३० जहाज केहीबेर धावनमार्गमा रोकिएको छ ।

सो परीक्षण उडानमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका एक प्राविधिकका अनुसार काठमाडौंको त्रिभुवन विमानस्थलबाट गएको जहाज अवतरण गरिसकेपछि जहाज मोड्ने बेला जहाज केही परसम्म पुगिसकेका कारण आवश्यक मोड पुगेन ।

त्यसले गर्दा जहाजलाई उपकरणको सहायतामा पछाडि सारेर मोड्नु परेको छ । जसले गर्दा जहाज करीव २० मिनेट अवतरणपछि पनि धावनमार्गको छेउमा रोकिएको थियो ।

‘जहाज परीक्षण उडानका क्रममा भएका कारण पाइलटले भेउ नपाएको हुन सक्छ,’ ती प्राविधिकले भने । जहाजलाई मोडिसकेपछि भने पानीको फोहराले जहाजको स्वागत गरिएको छ । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक जहाजबाट परीक्षण उडान गरिएको हो

यो उडानमा पर्यटनमन्त्रीसहित पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरणसहितका प्रतिनिधिहरु रहेका थिए । गौतमबुद्ध विमानस्थलमा २ जेठबाट नियमित उडान गर्ने तयारी छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...