back

थपिए कोरोनाभाइरस सङ्क्रमणका ९ नयाँ लक्षण , के के छन् त नयाँ लक्षण

काठमाडौं। काठमाडौं। कोभिडका नौ नयाँ लक्षणहरू थपिएका छन्। यूकेको हेल्थ सेक्युरेटी एजेन्सीले हालै जारी गरेको निर्देशिकामा कोरोनाभाइरस सङ्क्रमणमा घाँटी दुख्ने, जीउ दुख्ने र पखालासहित अन्य लक्षणहरू थपेको हो।

महामारी सुरु भएको दुई वर्षपछि इङ्गल्यान्डमा निःशुल्क परीक्षण अन्त्य भएको केही दिनपछि नयाँ लक्षणहरू थपिएको हो। यद्यपि न्याश्नल हेल्थ सर्भिसेजले धेरै नयाँ लक्षणहरू रुघाखोकी र फ्लुका लक्षणसँग मिल्दोजुल्दो रहेकोले होसियार रहन भनेको छ।

यसअघि कोभिड सङ्क्रमणमा यस्ता लक्षणहरू देखिने मानिएको थियो।

ज्वरो
नयाँ तारन्तार खोकी
गन्ध वा स्वाद हराउने
महामारीको सुरुवातदेखि नै यी तीनलाई प्रमुख लक्षणहरू भनिएको थियो। विश्व स्वास्थ्य सङ्गठन र अमेरिकाले केही समय यता थप लक्षणहरू सहितको सूची प्रयोग गर्ने गरेको थियो।

तर यूकेमा भने कोभिडका कुन-कुन लक्षणहरूलाई प्रमुख मान्ने र त्यसका आधारमा निःशुल्क परीक्षण गर्ने भन्ने विषयमा मतभेद रहेको थियो।

टाउको दुख्ने कोभिडको लक्षण हो तर टाउको मात्रै दुखेको भरमा कसैले पनि कोभिडको परीक्षण गर्न नचाहने अवस्था हुँदा यस्ता लक्षणलाई समावेश गर्ने कि नगर्ने भन्ने स्पष्ट थिएन।

ज्वरो, खोकी र स्वाद वा गन्ध हराउने लक्षण चाहिँ अधिकांश सङ्क्रमणमा देखिने वा कोरोनाभाइरसकै कारणले मात्रै हुने हुँदा तिनलाई प्रमुख लक्षण मानिएको थियो।

तर अब कोभिडका लक्षणमा यूकेमा नयाँ नौ लक्षण थपिएका छन्।

श्वासप्रश्वासमा असहजता
थकान
जीउ दुख्ने
टाउको दुख्ने
घाँटी दुख्ने
सिँगान बग्ने वा नाक बन्द हुने
भोक नलाग्ने
पखाला
बिरामी महसुस हुने
यूकेमा हालसम्म ४९ लाख मानिसलाई कोभिड सङ्क्रमण भएको छ जुन प्रति १३ जनामा एक जना बराबर हो। इङ्गल्यान्डमा धेरैजसो मानिसका लागि निःशुल्क परीक्षण गत सातादेखि बन्द गरिएको छ।

न्याश्नल हेल्थ सर्भिसेजे मानिसहरूलाई कोभिडका लक्षण र ज्वरो देखिए सकेसम्म घरमै बस्न र अन्य व्यक्तिबाट टाढै बस्न सुझाव दिएको छ।

किङ्ग्स कलेज लन्डनका प्राध्यापक टीम स्पेटरले लामो समयदेखि धेरै कोभिड सङ्क्रमित मानिसहरूको लक्षणहरू अध्ययन गरेका र त्यसका आधारमा लक्षणको सूची बढाउनु पर्ने बताउँदै आएका थिए।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...